जलवायु परिवर्तनले पर्वतीय क्षेत्रहरूमा परेको प्रभावबारे संसारभरका पर्वतीय राष्ट्रबिच गरिने सगरमाथा संवादको ब्यानरसहितको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फरफराउने भएको छ ।
संशोधनका लागि प्रस्ताव नगरिएको असम्बन्धित कानुन संशोधनको विवादबाट संसदीय समिति पछाडि हटेको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ पर्नुभएकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र उक्त ऐनमा आफूहरूको पेसागत हक अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका शिक्षकका माग पूरा गर्ने सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफललाई तीव्रता दिएको छ ।
देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो ।
गुल्मीमा एकै दिन दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १४ पशुचौपाया मरेका छन् । आइतबार साँझ धुर्कोट गाउँपालिका –३ हाडहाडेका अनन्तबहादुर बस्नेतको ढुङ्गा माटोले बनेको दुई तले कच्ची गोठमा आगलागी हुँदा एउटा दुहुनो भैँसी र एउटा पाडो जलेर मरेको छ ।
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीमाथि कार्यकक्षमै आक्रमणको प्रयास भएको छ । निर्माण व्यवसायी समेत रहनु भएका पुतलीबजार नगरपालिका –१ का नेपाली काँग्रेसका कार्यकर्ता अशोक भट्टको समूहले हातपात गर्ने प्रयास गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको स्वास्थ्यसँग सम्बन्धित निकायले विभिन्न शीर्षकमा करिब ५२ करोड भन्दा बढी भ्रष्टाचार गरेको बिगो दाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरेको छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले १२औं महाधिवेशन तीन महिनाभित्र सम्पन्न गराउने प्रतिबद्धता जनाउनु भएको छ ।
सत्तारुढ दलका नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतबार दुःखद अवस्था सिर्जना भएको बताउनुभएको छ।
जल तथा मौसम पूर्वानुमान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल काठमाडौं उपत्यकासहित बागमती, कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानका हल्का वर्ष भइरहेको बताएको छ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले आइतबार तीन बजेको समयमा २२ वर्षीय शिवा पटवा भन्ने अनिश कुमारलाई रकमसहित पक्राउ गरेको हो।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपालले आज स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।
क्व्होँलासोथार गाउँपालिका–२ मालिङस्थित सरानीको जंगलमा लागेको डढेलो गाउँ पस्दा घर र गोठ जलेर नष्ट भएको छ। आइतबार दिउँसो ३ बजेर २० मिनेटको समयतिर जंगलबाट फैलिएको ढडेलो गाउँमा फैलिदा दुईतले घर र गोठ जलेर ध्वस्त जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभयो।
सुनसरीको इटहरी २० तरहरामा भएको राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ।