पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आफ्नै घरको ट्याङ्की सफा गर्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
जेनजी समूहको आन्दोलनका कारण कार्यालय ध्वस्त भएका र कागजपत्र जलेर खरानी भएका झापाका अधिकांश पालिकाले आइतबारदेखि अति आवश्यकीय सेवा सुचारु गरेका छन् । दमक, बिर्तामोड,
नवपुस्ता अर्थात् जेनजीले भदौ २३ र २४ गते मुलुकको परिवर्तनका निम्ति गरेको शान्तिपूर्ण प्रदर्शनमा दमन हुन पुग्यो । अकल्पनीय जनधनको क्षति भयो । आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापन ग¥यो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्गको भक्तपुरदेखि सिन्धुपाल्चोकसम्मको सडकको अनुगमन गर्नुभएको छ ।
छोटो समय भएको आन्दोलनले देशमा अकल्पनीय उथलपुथल भयो ।
थारू समुदायका महिलाहरूले लगाउने मौलिक गरगहना लोप हुँदै गएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका थारू समुदायको आफ्नै मौलिक भेषभूषा तथा गरगहना रहेको पाइन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
राजनीति नयाँ मोडमा पुगेको छ । गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनले यस्तो अवस्था उत्पन्न भएको हो । यति चाँडै यो अवस्था आउला भनेर धेरैले सोचेका थिएनन् । सत्तामा रहेका दुई ठुला दलले समेत यस्तो परिस्थि
नेपालको राजनीतिक इतिहास निरन्तर सङ्घर्ष, विभाजन, विदेशी हस्तक्षेप र भ्रष्टाचारको घेराभित्र घुमिरहेको छ । प्रजातान्त्रिक आन्दोलनदेखि गणतन्त्रको घोषणासम्मको लामो यात्राले जनतालाई शान्ति, स्थायित्व र
मुग्लिन मलेखु सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो जाँदा सोमबार राति १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।
जेनजी आन्दोलनका क्रममा घुसपैठ हुँदा कञ्चनपुरको एउटै वडामा ५५ लाखभन्दा बढीको क्षति भएको छ । १२ वडा रहेका यहाँको शुक्लाफाँटा नगरपालिका पारिफाँटास्थित वडा ८ कार्यालयमा अत्यधिक क्षति पुगेको हो ।
श्रवणसम्बन्धी समस्या भएका व्यक्तिको सञ्चारको पहिलो भाषा हो, साङ्केतिक भाषा । सञ्चारमा अवरोधको सम्बोधन दृश्यात्मक सङ्केतका माध्यमबाट सञ्चार गर्ने बहिरा समुदायको पहिलो सवाल हो ।
चलचित्र ‘जेरी अन टप’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । बडादसैँको घटस्थापनाको अवसरमा निर्माण ब्यानर अनन्या फिल्म्सले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेतृ आँचल शर्माको अभिनय रहेको छ ।
गत भदौ २१ गते साँझ ताराखोलाबाट गलकोटतर्फ मोटरसाइकलमा आउँदै गर्दा दरमखोलामा बेपत्ता भएका ताराखोला गाउँपालिका–२ का २३ वर्षीय भिमबहादुर घर्तीको शव १७ दिनपछि फेला परेको छ ।