चितवन समाचारदाता
चितवन, असोज ८ गते । मुग्लिङ–मलेखु सडकखण्ड अन्तर्गत धादिङको जवाङखोलामा आएको पहिरो पन्छाएर यातायात सञ्चालनमा आए पनि चितवनको तुइनखोलामा पुनः पहिरो आएपछि सडक अवरुद्ध भएको छ ।
धादिङको जवाङखोला पहिरोले राति १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग अपराह्न ३ बजेबाट सञ्चालनमा आएको मुग्लिङ–नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले जानकारी दिनुभयो । धादिङतर्फ सञ्चालनमा ल्याइएको छ तर मुग्लिङ–नारायणगढको तुइनखोलामा पुनः पहिरो खसेपछि अवरुद्ध भएको हो । मङ्गलबार दिउँसो १२ बजे ठुलो पहिरो आएपछि सडक अवरुद्ध भएको छ । पहिरो झर्ने व्रmम जारी रहेकाले मङ्गलबार सञ्चालन गर्न कठिन रहेको छ, कार्यालय प्रमुख नेपालले भन्नुभयो ।
गन्तव्यमा जान वैकल्पिक बाटो अपनाउन उहाँले अनुरोध गर्नुभएको छ । पहिलेको भन्दा अहिले झरेको पहिरो ठुलो भएकाले पन्छाउनसमेत कठिन भइराखेको प्रमुख नेपालले भन्नुभयो । निरन्तर झरिराखेकाले पन्छाउने काम गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।