अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलमा आर्थिक वर्ष २०८२–८३ मा गुल्मीका ७० वटा उजुरी दर्ता भएका छन् । जसमा ३२ फरछ्योट भएर ३८ बाँकी रहेका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ । अजमान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७।२ ओभरमा ५१ रनमा अलआउट भयो ।
लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा लहान नगरपालिकामा विगत तीन वर्षदेखि चलिरहेको निःशुल्क शिविरबाट विपन्न समुदाय लाभान्वित भएका छन् ।
नेपाल चेम्बर अफ कमर्शको ७५औँ हीरक जयन्तीका अवसरमा आज जमलदेखि वसन्तपुरसम्म पदयात्रा निकालिएको छ ।
जिल्लाको रामपुरमा क्लब स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो भम्बक युनाइटेड कपअन्तर्गत मङ्सिर १६ देखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
पोखरा-मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा-जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ ।
हेटौँडा उपमहानगरपालिका–१९ बाट मनहरी गाउँपालिका–३ का बस्तीपुर र भुन्द्रङलाई जोड्ने १७० मिटर लामो राप्तीखोला पुल शनिवार उदघाटन गरिएको छ ।
श्रीलङ्कामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १२३ जनाको ज्यान गएको छ भने १३० जना अझै बेपत्ता रहेका छन् ।
अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार आफ्नो नयाँ ‘राइडसेयर’मिसन सफलतापूर्वक अन्तरिक्षतर्फ पठाएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका—४, जोमसोमको एक रेस्टुरेन्टबाट प्रहरीले १२ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।
नेपाल जियोटेक्निकल सोसाइटी (एनजिएस) ले सन् २०२७ मार्च १७ देखि १९ सम्म काठमाडौँमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन ‘जियोमाण्डु २०२७’ को औपचारिक घोषणा गरेको छ ।
मध्य कात्तिकसम्म परेको पानीले गर्दा यो वर्ष रवि लगाउने खेतहरू अझै सुकेका छैन । धान र तोरी उत्पादनका लागि अब्बल मानिएका खेत अझै नसुक्दा यो वर्ष किसानले तोरी लगाउन पाएका छैन ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्अन्तर्गत नेपालको समग्र मानव अधिकार अवस्थाको चौथो विश्वव्यापी आवधिकसमीक्षा (युपीआर) का लागि आयोजित पूर्व–सत्र सफलतापूर्वक सम्पन्न भएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिकामा शनिबार श्रीमानले गरेको खुकुरी प्रहारबाट श्रीमती घाइते भएकी छन् ।