मकवानपुर कैलाश गाउँपालिका ५ ठोस्ने घर भएर हाल थाहा नगरपालिका ४ ठुलोमार्खुस्थित ज्ञानमाया लामाको घरमा खेती किसान गरी बस्ने वर्ष ४८ को मानबहादुर जिम्बाको शुक्रबार राति लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन्। महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन्।
सामाजिक सुरक्षा कार्यक्रममा सबै नागरिकलाई जोड्न सचेतना बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन्।
मेची राजमार्ग अन्तर्गत इलामको भञ्ज्याङस्थित मिल गोलाइमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ ।
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गर्नु भएको छ ।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले दीर्घसिंह बमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । आज भएको १४ औं साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो ।
देशका विभिन्न अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ चिकित्सकको सहभागितामा नेपालगन्जमा पहिलो पटक क्यान्सर रोगसम्बन्धी गोष्ठी तथा चिकित्सककीय सम्मेलन हुने भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा जितका लागि साविक विजेता जनकपुरले जितका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई एक सय ४६ रनको मध्यम लक्ष्य दिएको छ ।
जिल्ला सदरमुकाम मार्तडीदेखि हिमाली गाउँपालिका–६ को धिम बस्ती झण्डै ७० किलोटिरको दूरीमा पर्दछ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको ७ औँ अधिवेशनले सनम तामाङलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ ।
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको क्रममा एमाले धनकुटामा विवाद भएको छ । प्रतिनिधिमा कुरा मिल्न नसक्दा मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्म भएको केन्द्रिय सदस्य राजेन्द्र राईले बताउनुभयो ।
अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा ३२२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत राधिका सार्वजनिक भएको छ। परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत् सार्वजनिक गरिएको हो।
सल्यानको ऐतिहासिक खलङ्गा–शीतलपाटी पदमार्गको पुनः निर्माण तथा संरक्षण गरिने भएको छ । जिल्लाको शारदा नगरपालिकाले स्थानीयहरुको सहभागिता र लगानीमा खलङ्गा–लुहापिङ–शितलपाटी पदमार्गको पुनर्निर्माण तथा संरक्षणको पहल गर्ने निर्णय भएको हो ।