गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा चार पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
नेकपा एमालेको ११ औँ महाधिबेशनका लागि गोरखाबाट महाधिवेशन प्रतिनिधि नौ जना छनोट भएका छन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनका लागि गोरखामा शनिबार भएको मतदानबाट प्रतिनिधि चयन गरिएको हो
नेपाली कांग्रेस १५ औँ महाधिवेशनको सँघारमा छ । चारबर्से कार्यकाल यही मङ्सिर मसान्तमा समाप्त हुँदै छ । पार्टीभित्र भने महाधिवेशन मङ्सिरमा गर्ने कि निर्वाचनपछि भन्ने बहस लामो समयदेखि चलिरहेको छ । यही विषयमा सुरु भएको केन्द्रीय समिति बैठक लामो समयदेखि अनिर्णयको बन्दी भएको छ । कात्तिक १८ गतेको बैठकमा महामन्त्री गगन थापाले आमनिर्वाचनभन्दा पहिले यही मङ्सिरदेखि सु
गुल्मीका तीन स्थानीय सरकारले अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्दैै आएका छन् । स्थानीय तहको संरचना निर्माण भएको आठ वर्ष पुग्दासमेत तीन स्थानीय सरकारले प्रशासनीक भवन समेत बनाउन सकेका छैनन् ।
काबेली इनर्जी कम्पनी लिमिटेडले संस्थापक शेयर खुल्ला गरेको छ । कम्पनी लिमिटेडले एक अर्ब पाँच करोड रुपियाँ बराबरको संस्थापक शेयर खुल्ला गरेको हो ।
नेपालमा दिनानुदिन बढ्दै गएको नसर्ने रोग (एनसीडी) को जोखिम, रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्र एक भएर लाग्नुपर्ने बताइएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आइतबार दिउँसो र राति देशभर आंशिक बदली रहने छ ।
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा लिइने ‘मेयर कप’ फुटबलको तेस्रो संस्करण आइतबारदेखि बाङेचौर खेलमैदानमा सुरु हुँदैछ ।
नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले ‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार भइरहेको बताउनुभएको छ ।
सभ्यताको विकाससँगै वातावरणीय चुनौती हरेक दिन थप जटिल हुँदै छ । आजको युगमा जलवायु परिवर्तन, स्रोतसाधनको दोहन र वातावरणीय प्रदूषणले आर्थिक, सामाजिक र संस्थागत स्थायित्वमा गम्भीर प्रश्न उठाइरहेछन् ।
गुल्मीमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले गत वर्षभन्दा यस वर्ष ८ दशमलव ६१ प्रतिशतले धान उत्पादन घटेको अनुमान गरेको हो ।
गीता जयन्तीका अवसरमा गीता ज्ञानको प्रवर्धनमा विभिन्न माध्यमबाट सहयोग गर्नुहुने व्यक्तित्वलाई सम्मान गरिएको छ । जीवनका लागि गीता ज्ञान अभियानद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीता ज्ञानको प्रचार, अध्ययन, अध्यापनमा सहयोग गर्नुहुने व्यक्तित्वलाई सम्मान गरिएको हो ।
नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट कतै सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ भने कही निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएका छन् ।
कपिलवस्तुको वाणगङ्गा नदीको बगर किसानका लागि बदाम उत्पादन गरेर आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । वाणगङ्गा नदीले बनाएको बगरमा दुई सयभन्दा बढी किसानले बदाम उत्पादन गरी राम्रो आम्दानी गर्दै आएका हुन् ।
म्याग्दीको बेनीमा शनिबार सम्पन्न भएको २३ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधी पहिलो पटक केबी एकेडेमीले जितेको छ ।