हिमपातले घर भत्काएपछि घरबारविहीन भएका जुम्लाको गुठीचौर गाउँपालिका–५, फोइगाउँकी बिजमाया जैसीले नयाँ घर पाउनुभएको छ । छ वर्षपहिले हिमपातले घर भत्किएपछि आर्थिक अभावमा घर बनाउन नसकी बर्सौंदेखि टहरामा बस्नुभएको थियो । सानो काठको टहरामा १२ वर्षकी छोरी र १४ वर्षको छोरासँग उहाँले दुःखका दिन कटाउनुभएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा भूकम्प प्रभावितको विस्तृत क्षति आकलन (डिडिए) प्रतिवेदन उपर उजुरी परेको छैन । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत तयार भएको डिडिएको प्रतिवेदन उपर गुनासो तथा उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिए पनि तोकिएको सीमाभित्र कुनै पनि उजुरी नपरेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो ।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले दीर्घसिंह बमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको १४ औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
गाउँको सिरानमाथि महाकाली लोकमार्गको चिल्लो सडक छ । मध्य भागबाट महाकाली कोरिडोर अघि बढिरहेको छ । सबै घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । प्रदेश सरकारले ६५ लाखको खानेपानी योजना बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ ।
पाकिस्तानले बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका लागि कम्प्युटर प्रयोगशाला निर्माण गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले शनिबार नवनिर्मित प्रयोगशालाको उद्घाटन गर्नुभयो ।
बाजुराको हिमाली गाउँपालिकामा सडक बनेपछि यहाँका स्थानीयको जीवनशैलीमा फेरिएको छ । सदरमुकामदेखि हिमाली गाउँपालिका–६ को धिमबस्ती झन्डै ७० किलोटिरको दुरीमा पर्छ । यहाँका स्थानीय केही समय पहिला भेडाबाख्रा र खच्चडको भरमा गाउँमा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्थे तर अहिले सडक बनेपछि सबै जीवनशैली फेरिएको छ ।
बाजुराको हिमाली गाउँपालिका–३, बिच्छ्यावासीलाई बर्सेनि दैवी प्रकोपको सामना गर्नुपर्ने बाध्यता रहेको छ । विगत तीन वर्षदेखि लगातार उनीहरूलाई हिउँदमा भूकम्प र बर्खाको समय बाढीपहिरोले घरबासविहीन बनाउन थालेको हो ।
नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपियाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ यहाँ आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना गम्भीर घाइते भएका छन् ।