आउँदो मङ्सिर २३ गतेदेखि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
मेरिलेबन क्रिकेट क्लब (एमसिसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) लाई स्पिरिट अफ क्रिकेट अवार्ड-२०२५ प्रदान गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले जनकपुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ । सुदूरपश्चिम आफ्नो अपराजित लय कायम राख्ने लक्ष्यमा छ । यता लगातार हार खेपेको जनकपुर सुदूरपश्चिमको लयमा पूर्णविराम लगाउने तरखरमा छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ।
नेपाल संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यु–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गते काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा जीप दुर्घटनामा परेको छ, जसमा कम्तीमा पाँच जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन् । घटना एबटाबाद जिल्लाको हेभेलियन क्षेत्रमा भएको हो ।
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था अस्पताल भर्ना भएयता लगातार बिग्रिएको छ । उहाँका परिवार र पार्टीका सदस्यले नागरिकलाई उहाँको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न अनुरोध गरेका छन् ।
बाह्रबिसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक विद्यालयको एसएलसी ब्याच २०६१ समूहले आफ्नो पूर्व विद्यालयमा अध्ययनरत अभिभावकबिहीन, बाढीपहिरोले घरबास गुमाएका, गरीब, बिपन्न, जेहेन्दार बिद्यार्थीलाई नगद छात्रबृत्ति प्रदान गरेको छ ।
स्वास्थ्य उपचार गराउने भनी घरबाहिर हिड्नु भएका वडाध्यक्ष २७ महिनादेखि सम्पर्कबाहिर रहनुभएको छ । पुतलीबजार नगरपालिका –४ का वडा अध्यक्ष शिवबहादुर थापा सम्पर्क बाहिर रहनुभएको हो ।
एयर न्यूजिल्यान्डले ३७ वटा एयरबस विमानमा आवश्यक सफ्टवेयर अपडेट लागु गर्नुपर्ने भएपछि १२ उडान रद्द गरेको छ ।
‘ओपेक प्लस’ का प्रमुख सदस्य राष्ट्रले सन् २०२५ मा अपनाएको तेल उत्पादन नीति समग्रमा प्रभावकारी देखिएको छ ।
स्मार्ट टेलिकम पीडितहरूले टावर व्यवस्थापन, घर भाडालगायत समस्या समाधानका लागि पहल गरी दिन आग्रह गरेका छन् । उहाँहरुले शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भेटगरी आफ्ना समस्याहरु सहजिकरणका लागि आग्रह गर्नुभयो ।
आडम रोसिङ्टन र जिमी निसमको अर्धशतकीय इनिङ्ससँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जितका लागि लुम्बिनी लायन्सलाई एकसय ५१ रनको लक्ष्य दिएको छ।