उत्तरी गोरखाको विश्वप्रसिद्ध हिमाली गन्तव्य मनास्लु संरक्षण क्षेत्रले चालु आर्थिक वर्षको पहिलो चौमासिकमै प्रवेश शुल्कबाट दुई करोड २७ लाख ९६ हजार ९७० रुपियाँ राजस्व उठाएको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ ।
चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ ।
नेकपा एमाले दोलखाले पार्टीको ११ औं महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । एमाले दोलखाले शनिबार पत्रकार सम्मेलन गर्दै सर्वसम्मत प्रतिनिधि चयन गरिएको जनाएको हो ।
गोरखाको शहीद लखन गाउँपालिका–७, बुङकोटमा महिला स्तन क्यान्सरसम्बन्धी भिआइए परीक्षण भएको छ ।
बागलुङको गलकोटमा निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविर समापन कार्यक्रम सम्पन्न भएको छ ।
शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न किसान महादेव चौधरीले यस वर्ष पहिलोपटक टिपिएस (ट्रयु पोटेटो सिडस) विधिबाट आलुखेती गर्नुभएको छ ।
बर्दियामा दुई सय क्वीन्टलभन्दा बढी कालानमक धान उत्पादन भएको छ । ठाकुरबाबा नगरपालिकाले संरक्षण र प्रवर्धनको सुरुवात गरेको कालानमक धान यस वर्ष दुई सय क्वीन्टल उत्पादन भएको हो ।
नेपालको संविधान निर्माण र कार्यान्वयनमा ‘पर्दा पछाडि’ रही निरन्तर सहयोग पुर्याइ रहेको नेपाल कानुन समाजले प्रदेश र स्थानीय तहका कानुन तर्जुमाका लागि सात वर्षदेखि सहकार्य गर्दै आएको छ ।
सप्तरीमा बिहेको प्रलोभन देखाइ शारीरिक सम्बन्ध बनाएपछि एक नबालिका बिच्चलीमा परेकी छन् ।
गुल्मीमा एक हप्ताको समय अवधिमा १५१ जनाले राहदानी बनाउँदा सात लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
बाँकेका होटल व्यवसायमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षासँग जोड्न होटल व्यवसायी संघ बाँकेले आवश्यक पहल सुरु गरेको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत पुल र कलभर्ट निर्माण कार्यलाई प्राथमिकता दिन थालिएको छ । राजमार्ग विस्तार भइरहेका तीन वटै जिल्लामा अहिले पुल र कलभर्ट निर्माणको कामले प्राथमिकता
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । चार वर्ष पहिले शिलान्यास गरिएको उक्त भवन विसं २०८० सालमा निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौँता गरिएको थियो ।
जाजरकोटका महिलाहरु पञ्चेबाजा बजाएर आफ्नो संस्कृति संरक्षणमा जुटेका छन् । विगतमा पुरुषहरुले मात्रै पञ्चेबाजा बजाउने यस जिल्लामा हाल महिलाहरु हरेक विवाह, महोत्सव, दिवसीय कार्यक्रम, उत्सव लगायतमा सहभागि हुने गरेका छन् ।