नीलो, सेतो, रातो, हरियो र पहेँलो पञ्चरङ मिश्रित फरफराइरहेको लुङ्दारलाई हावाको झोकाले आफ्नै गतिमा गतिशील बनाइरहेको छ । त्यही हावाको वेगलाई स्पर्श गर्दै यतिबेला आममानिस मिलारेपाको अवतारलाई दर्शन गर्न आतुर छन् । बौद्ध धर्म गुरु, अनुयायीदेखि साधारण मान्छेले सुरुवातमै मिलारेपालाई कलाकार मुकेश श्रेष्ठको सुन्दर थाङ्का सिर्जनामा नियाल्छन् । त्यस्तै कला सिर्जना नियाल्दै गर्दा मिलारेपाको साधारण जीवनदेखि, योगी, अध्यात्म र सिद्धि प्राप्तसम्मको यात्रालाई अझै नियाल्न आतुर भएका रङ्गमञ्चको अ“ध्यारो परिवेशमा प्रवेश गर्छन् । मञ्चमा ठडिएका पञ्च
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
कपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि दाङबाट सर्वसम्मत रूपमा प्रतिनिधिहरू चयन गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट २० जना र दलित तर्फबाट तीन जना गरी कुल २३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।
जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन् ।
गण्डकी प्रदेश सरकार अन्तर्गत तनहुँका दुईवटा कार्यालयको एकीकृत सेवा सुरु भएको छ । प्रदेश सरकारले यसअघि दुई वटा कार्यालय एकीकृत गर्ने निर्णय गरेअनुसार जिल्लामा रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालयको एकीकृत सेवा सुरु भएको हो ।
चुरे पर्वतको काखबाट बग्ने बेतहा खोलाको त्रासले लहान नगरपालिका–१५ स्थित करिब ८० घरधुरी रहेको बेतहा बस्ती र त्यहाँको आधारभूत विद्यालय बेतहालाई हरेक वर्ष सताउने गर्दथ्यो ।
मिडभ्याली माध्यमिक विद्यालय कलेज भक्तपुरले आयोजना गरेको दुइदिने अन्तर विद्यालय प्रतियोगात्मक ’विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२’मा थिमिस्थित ग्लाडस्टोन एकेडेमीले प्रथम स्थान हासिल गरेको छ ।
सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आउनुभएको छ ।
एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन ।
गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष सात हजार ३६८ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष पाँच हजार १७ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।
कर्णालीमा २६ हजार नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार २६ हजार ६३५ नयाँ मतदाता थपिएका हुन् । यसअघिको चुनावमा प्रदेशभर १० लाख छ हजार ८३४ पुराना मतदाता थिए । प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणापछि २६ हजारभन्दा बढी नयाँ मतदाता थप भएका हुन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय मङ्सिर ५ गतेसम्म रहेको थियो । समय सकिएसँगै नयाँ मतदाताको विवरण सार्वजनिक गरिएको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले बताउनुभयो ।
बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट राजधानीमा बसोबास गर्दै आएका नागरिकहरुले गलकोट र ताराखोलाका विभिन्न समसामयिक विषयमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिँचाइ एवम् सहरी विकास मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नाम्खा गाउँपालिका–५ र ६ को सिमाना रहेको न्यालुलेकबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न सकिने स्थान पत्ता लागेको छ । यसअघि पत्ता नलागेको सो स्थान नाम्खा गाउँपालिका–१ निवासी नाम्ग्याल तामाङले सो स्थान अग्लो भएका कारण देख्न सकिने पत्ता लागेको हो ।