चुरे पर्वतको काखबाट बग्ने बेतहा खोलाको त्रासले लहान नगरपालिका–१५ स्थित करिब ८० घरधुरी रहेको बेतहा बस्ती र त्यहाँको आधारभूत विद्यालय बेतहालाई हरेक वर्ष सताउने गर्दथ्यो ।
मिडभ्याली माध्यमिक विद्यालय कलेज भक्तपुरले आयोजना गरेको दुइदिने अन्तर विद्यालय प्रतियोगात्मक ’विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२’मा थिमिस्थित ग्लाडस्टोन एकेडेमीले प्रथम स्थान हासिल गरेको छ ।
सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आउनुभएको छ ।
एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन ।
गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष सात हजार ३६८ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष पाँच हजार १७ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।
कर्णालीमा २६ हजार नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार २६ हजार ६३५ नयाँ मतदाता थपिएका हुन् । यसअघिको चुनावमा प्रदेशभर १० लाख छ हजार ८३४ पुराना मतदाता थिए । प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणापछि २६ हजारभन्दा बढी नयाँ मतदाता थप भएका हुन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय मङ्सिर ५ गतेसम्म रहेको थियो । समय सकिएसँगै नयाँ मतदाताको विवरण सार्वजनिक गरिएको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले बताउनुभयो ।
बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट राजधानीमा बसोबास गर्दै आएका नागरिकहरुले गलकोट र ताराखोलाका विभिन्न समसामयिक विषयमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिँचाइ एवम् सहरी विकास मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नाम्खा गाउँपालिका–५ र ६ को सिमाना रहेको न्यालुलेकबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न सकिने स्थान पत्ता लागेको छ । यसअघि पत्ता नलागेको सो स्थान नाम्खा गाउँपालिका–१ निवासी नाम्ग्याल तामाङले सो स्थान अग्लो भएका कारण देख्न सकिने पत्ता लागेको हो ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेशका तर्फबाट सुरक्षा प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि यही मङ्सिर १६ गते धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने भएको हो ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ बजारमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले संविधानले दिएको अधिकार प्रदेशमा सहज रूपमा प्रत्यायोजन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा शुक्रबार दाङ जिल्लाको देउखुरीमा आयोजित अन्तरसरकारी समन्वय संयन्त्र, कूटनीतिक मामिला तथा समन्वय परिषद्को निर्णय कार्यान्वयनको अवस्थाबारेमा उहाँले संवैधानिक अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले खुलेर काम गर्न नपाएको बताउनुभयोे ।
काठमाडौँमा मङ्सिरको अन्तिम साता हुने नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि स्याङ्जाबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ ।