धनकुटाको छथरजोरपाटी गाउँपालिका ६, स्थित नामजाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । शुक्रबार साझ करिब ५ बजे रुख काट्दा रुखले लागेर एक जनाको मृत्यु भएको हो ।
मिड भ्याली माध्यमिक विद्यालय कलेजद्वारा आयोजित अन्तर विद्यालय प्रतियोगात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी २०८२’ मा थिमीस्थित ग्लाड स्टोन एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसदमा पठाउनुपर्ने धारणा राख्नुभएको छ।
नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ।
सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिनुभयो।
नेपाल वादोरियो कराते डो संघ अन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ । बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो ।
काठमाडौँमा विभिन्न स्थानमा धारिलो हतियार (चक्कु) समेत देखाइ लुटपाट गर्ने कार्यमा सङ्लग्न दुई जना पक्राउ परेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रमुख राजनीतीक शक्ती भएर देशको नेतृत्व गर्ने बताउनुभयो।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनले महिला हिंसाका कारकमा पुरुषको हिस्सा बढी देखाएको हो । १९ प्रतिशत हिंसा भने पुरुष प्रवृत्तिको महिलाका कारण हुने गरेको जनाइएको छ ।
राममणि दाहालमकवानपुर, मङ्सिर १२ गते । मकवानपुर प्रहरीले बिलभन्दा फरक सामानसहित वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ । छ लाख अठासी हजार रुपियाँ बराबरको बिलभन्दा फरक सामानहरू लोड भएको ना.८ ख। २७१९ नं. को ट्रक शुक्रबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सडकमा वीरगञ्ज तर्फबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकलाई जाँच गर्दा उक्त ट्रकमा छ लाख ८८ हजार रुपियाँ बराबरको बिलभन्दा फरक सामानहरू रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।उहाँका अनुसार उक्त ट्रकका चालक हेटौँडा वडा नं.९ का वर्ष २४ को निशान बि.क.लाई नियन्त्रणमा लिई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।यस्तै यसअघि प्रहरीले ३० लाख बराबरको बिलभन्दा बढी सामानहरू लोड भएको ट्रक नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी रातोमाटेको प्रहरी टोलीले रातोमाटे चेकपोष्ट अगाडि जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना.३ ख. ५५७६ नं.को ट्रकमा बिलभन्दा फरक सामानहरू भएको पाइएपछि नियन्त्रणमा लिएको थियो । ट्रक चालक पर्सा जिल्लाका वर्ष ५२ का झलेन्द्र राय थारु र ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीको भनाई छ।
आगजनीबाट क्षतिग्रस्त बनेको सुनसरीको दुहवी नगरपालिकालाई कोशी प्रदेश सरकारले १८ लाख रुपियाँ बराबरको कम्प्युटर तथा कार्यालय प्रयोजनमा उपयोग हुने सामग्री प्रदान गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटघाट भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरू बृहत् वामपन्थी एकताको पक्षमा रहेको बताउनुभएको छ ।
भञ्ज्याङ बजारका स्थानीय लक्ष्मी तामाङको घरमा शुक्रबार दिउँसो आगलागी भएको हो । भुँइतला पक्की र माथि जस्तापाता तथा काठसमेत प्रयोग गरिएको तामाङको घरमा आगलागी भएको हो ।