सप्तरीमा भारतसँग जोडिएको सीमानाकामा सुरक्षा चेकजाँच कडा पारिएको छ ।जिल्लामा खुला सीमानाका रहेको कारण सीमावर्ती नाकाहरुबाट लुकीछिपी अवैध ढङ्गबाट विदेशी नागरिकहरु जिल्ला भित्र प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा कडा पारिएको हो ।
तरकारी तथा फलफूलमा हालिएको विष मानिसको शरीरमा मन्द असर गर्छ । यस्तो विषले तत्काल असर नगरे पनि बिस्तारै शरीरलाई हानि गरी कालान्तरमा दीर्घ रोग लाग्ने सम्भावना हुने विशेषज्ञहरूको भनाइ छ ।
अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले पाल्पाको बगनासकाली–३, आर्यभाङ्ज्याङ्गबाट लु. प्र.०१–००१ ख. ९५९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
विगत दशकमा नेपालले अपाङ्गता समावेशी कानुन, नीतिहरू तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताका दृष्टिले महत्वपूर्ण प्रगति गरेको छ । प्रगति गरे पनि व्यावहारिक कार्यान्वयन, स्रोत परिचालन, पूर्वाधार विकास, सामाजिक दृ
गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको छ । गोरखापत्र संस्थानका प्रवक्ता तारा बस्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषमा संस्थान सूचीकृत भएको जानकारी दिनुभयो ।
माङा पुन्ही सकेपछि नेवार समुदायका मानिसले नेपाल संवत्को दोस्रो चाडको रूपमा यमरी पुन्ही मनाउँछन् । नेवार समुदायले परम्परादेखि मान्दै आएका हरेक चाडपर्व विज्ञान र प्रकृतिमैत्री छ । असार साउनमा रोपिएको धान मङ्सिर महिनामा काटेर भिœयाएपछि नयाँ धानको चामलको पिठोबाट पहिलो परिकारको रूपमा बाफमा पकाएर यमरी खाने गरिन्छ । यमरी/योमारी एक परम्परा
पश्चिम बागलुङको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पहिलोपटक निर्वाचित भएलगत्तै गौरवका योजना भनेर महत्त्वकाङ्क्षी योजना ल्याउनुभयो ।
ताप्लेजुङस्थित वन पैदावर व्यवसायी सङ्घको अध्यक्षमा ज्ञानबहादुर राई चयन हुनुभएको छ । सङ्घको बुधबार सम्पन्न चौथो जिल्ला अधिवेशनले राई अध्यक्ष रहेको नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
काठमाडौँ महानगरपालिका–७, परिसरमा ‘योमरी पुन्ही युनिटी फेस्ट’ को आयोजना हुने भएको छ । काठमाडौँ लिगेसीको आयोजनामा योमरी पुन्हीका अवसरमा मित्रपार्क क्षेत्रमा योमरीको ऐतिहासिकतालाई उजागर गर्दै यसको महत्व दर्शन बुझाउन ‘योमरी पुन्ही युनिटी फेस्ट’ हुन लागेको हो ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली समाजमा मनाइने पर्वले एकता र सद्भावना बढाउँदै आएका उल्लेख गर्नुभएको छ ।
उपत्यकालगायत देशैभरि छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले बिहीबार योमरी पुन्ही धुमधामसँग मनाउने भएको छ ।
लेखक नैनसिंह महरको शब्द रहेको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ...’ बुधबार सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर, हरि लम्सालको सङ्गीत रहेको देशभक्ति गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, प्रदीपकुमार राई (व्याकुल माइला),
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिमा भएका कलात्मक प्रतिभाका लागि मञ्च दिनुपर्नेमा जोड दिनुभएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन पश्चिममा चार वर्षअघिदेखि निर्माण सुरु भएको १३२/३३ केभी क्षमताको केरौन सबस्टेसन निर्माणको अन्तिम चरणमा पुगेको छ ।