आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् ।
महोत्तरीको बर्दिवासस्थित देउराली माध्यमिक विद्यालय मधेश प्रदेशमै पहिलोपटक ‘डिजिटल विद्यालय’को रूपमा परिचित हुँदै शैक्षिक आधुनिकीकरणको नमुना बनेको छ ।
सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ ।
विश्वभरिकै सरकार यताका वर्षमा जनचाहनाको खरो परीक्षामा छन् । प्रत्येक मुलुकका नागरिकको चाहना आफ्नो सरकारले जनहितलाई प्राथमिकता दिन सकोस् भन्ने रहेको हुन्छ । अझ लोकतान्त्रिक व्यवस्थामा जनचाहनाबिनाको सरकार लामो समय टिक्न नसक्ने अनेक उदाहरण ताजै छन् । सत्तामा नपुग्दा जनचाहनाका बहुरङ्गी सपना देखाए पनि सरकारमा पुगेपछि जनताका चाहनालाई वास्ता नगर्ने प्रवृत्ति पनि छ । सत्ताबाहिर रहँदा सुशासनको अनेक मिठा सपना देखाउने सरकारमा पुगेपछि वाचा चटक्कै बिर्सने गरेको पनि पाइन्छ । जननिर्वाचित
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताउनुभएको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् ।
नेपाल अहिले विकासको नयाँ मोडमा उभिएको छ । सडक, पुल, भवन, उद्योग, जलविद्युत् र अन्तर्राष्ट्रिय सहयोगका चर्चा भइरहेका छन् तर यिनै विकास अवधारणाका बिच एउटा पुस्ता हामीकहाँ मौन छैन । उनीहरू प्रश्न गरिरहेछन्–विकास के हो ? क
सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सप्तरीमा भारतसँग जोडिएको सीमानाकामा सुरक्षा चेकजाँच कडा पारिएको छ ।जिल्लामा खुला सीमानाका रहेको कारण सीमावर्ती नाकाहरुबाट लुकीछिपी अवैध ढङ्गबाट विदेशी नागरिकहरु जिल्ला भित्र प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा कडा पारिएको हो ।
तरकारी तथा फलफूलमा हालिएको विष मानिसको शरीरमा मन्द असर गर्छ । यस्तो विषले तत्काल असर नगरे पनि बिस्तारै शरीरलाई हानि गरी कालान्तरमा दीर्घ रोग लाग्ने सम्भावना हुने विशेषज्ञहरूको भनाइ छ ।
अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले पाल्पाको बगनासकाली–३, आर्यभाङ्ज्याङ्गबाट लु. प्र.०१–००१ ख. ९५९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।