अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागार्डदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । सडकको ट्रयाक खुलाएको दस वर्षपछि उक्त सडकको स्तरोन्नतीका साथै कालो पत्रे गर्ने कार्य सुरु गरिएको हो ।
कालिका नगरपालिकाको सिद्धिका चेपाङ समुदायले भोग्दै आएको समस्या निराकरणका लागि कयरखोलाको मुहानमा पक्की पुल निर्माण सुरु गरिएको छ । बर्सेनि बर्खायाममा कयरखो
रौतहटमा जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा संलग्न दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ र २६ जोड्ने विजयपुर खोलामा अहिले दुई पुल प्रयोगविहीन छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको संस्थापन पक्षबाट अध्यक्ष पदसहित अन्य पदाधिकारी र सदस्यहरुको नमावली घोषण गरिएको छ ।
लामो समयदेखि अलपत्र बनेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहरको निर्माण कार्य पुनः सुरु भएर तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर करिब ४६ किलोमिटर लामो डुडुवा शाखा नहर निर्माणका लागि आयोजनाले दुई वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।
महोत्तरीको जलेश्वर कारागारमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि भागेका कैदीबन्दीमध्ये २७१ जना अझै पनि फरार छन् । फरार कैदी खोज्न कार्यदल गठन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत पाल्पाको पश्चिम भेग जाने सडकको निर्माण सुरु भएको छ । पाल्पाको हार्थोक–छहरा सडकखण्डको झन्डै छ किलोमिटर सडक यस वर्षदेखि निर्माण सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारले छ वर्षअघि पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोटसम्म पुग्ने २९० किमी सडक निर्माण गर्ने घोषणा गरेको थियो । सोही योजना अनुसार चार वर्षदेखि पाल्पाको पूर्वी भेगको रामपुर–आर्यभन्ज्याङ सडकखण्डमा काम भइरहेको छ ।
। बैतडीको सूर्नया गाउँपालिका–८ सेलामा भीरबाट खस्दा एक महिलाको मृत्यु भएको छ ।
कालीगण्डकी गाउँपालिका गुल्मीले गाउँमै रोजगारीको सिर्जना गर्न ११ योजनामा उपभोक्ता समितिमार्फत काम गराउन थालेको छ । कालीगण्डकी गाउँपालिकाले बेलायत सरकारको आर्थिक सहायतामा स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत ११ योजना छनोट गरेको छ । ती योजना अधिकांश सिँचाइ र केही सडकसँग सम्बन्धित छन् ।
सप्तरीमा जङ्गली अर्ना काटेको आरोपमा सुरक्षाकर्मीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
दाङकी २० वर्षीय रक्षा यादव अहिले बबई गाउँपालिकाको श्री सरस्वती आधारभूत विद्यालयको प्रधानाध्यापक बन्नुभएको छ । हेर्दा विद्यार्थी झैँ देखिने रक्षालाई पहिलो पटक विद्यालय प्रवेश गर्दा धेरैले शिक्षिका नै ठान्न सकेनन् । नियुक्तिपत्रसहित विद्यालय व्यवस्थापन समितिसँग परिचय भएपछि मात्र सबैले उहाँ विद्या
संखुवासभा जिल्ला अस्पताललाई नर्सिङ ट्रस्ट यूकेले दुईवटा अत्याधुनिक इन्क्युबेटर उपलब्ध गराएको छ । समयअवधि पूरा नहुँदै जन्मिने नवजात शिशुको उपचारमा अत्यावश्यक मानिने इन्क्युबेटर प्राप्त भएपछि अस्पतालको नवजात सेवा क्षमता अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।