जीवछ यादव
लहान, मङ्सिर १८ गते । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको संस्थापन पक्षबाट अध्यक्ष पदसहित अन्य पदाधिकारी र सदस्यहरुको नमावली घोषण गरिएको छ ।
आगामी पुस २ गते हुने जिल्ला अधिवेशन र ५ गते तय भएको निर्वाचन कार्य तालिका अनुसार संस्थापन पक्षको तर्फबाट अध्यक्ष पदका लागि प्रदिपकुमार गुप्तासहित अन्य पदका उम्मेदवारहरुको नमावली बुधबार बेलुका एक कार्यक्रमको आयोजना गरी सार्वजानिक गरिएको हो ।
जिल्ला वाणिज्य संघ सिरहा लहानका संस्थापन पक्ष मानिएका पूर्व अध्याहरु क्रमश: पवन मुन्धडा, अशोक अग्रवाल, अशोकलाल आमात्य, सुनिल कुमार महतो र विकास शारडाको उपस्थितिमा वर्तमान कार्य समितिको उपाध्यक्ष शत्रुधनप्रसाद साहले अध्यक्ष पदका लागि गुप्ताको उम्मेदवारी सार्वजानिक गर्नुभएको थियो ।
पदाधिकारी र सदस्यहरुमा राम उदगार महतो, बसन्त साह, सुनिल चौधरी, श्रीमति खुशवु जयसवाल, रविन्द्र श्रेष्ठ बद्रीनारायण चौधरी, अमरनाथ साह, सुदिपराज कुशवाहा, शङकरप्रसाद गुप्ता, बिन्देश्वर महतो, मुरारी साह, नयन यादव, प्रकाश साह, वसिक अकरम, जानुका पराजुली, रिता यादव र अनुपम झा रहनुभको छ ।
पूर्व अध्यक्ष निरस चौधरीको पक्षबाट वर्तमान महासचिव श्याम गुप्ताले आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारी भइरहेका बताउनुभयो । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानमा तीन हजारको हाराहारीमा मतदाता रहेका छन् । फगुन २१ ग्ते हुने प्रतिनिधि सभाको निर्वाचनको मुखमा हुन गइरहेको जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा आफनो दल समर्थित उम्मेदबारहरुलाई जिताउन लागि पर्ने माहोल बन्दै गएको छ ।