• १८ मङ्सिर २०८२, बिहिबार

सप्तरीमा जङ्गली अर्ना काटेको आरोपमा दुईजना नियन्त्रणमा

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर १८ गते
। सप्तरीमा जङ्गली अर्ना काटेको आरोपमा सुरक्षाकर्मीले दुईजनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ पिपराहीमा जङ्गली अर्ना काटेको आरोपमा सुरक्षाकर्मीले सोही ठाउँका १६ वर्षीय सुन्दर सरदार र शम्भुनाथ नगरपालिका बडा नम्बर ५ बस्ने १९ वर्षीय सागर सरदारलाई नियन्त्रणमा लिएको हो ।

कन्चनरुप नगरपालिका ५ स्थित पिपराहीमा जङ्गली अर्ना काटेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी धरमपुर र कोशी टप्पु वन्यजन्तु आरक्षबाट खटिएको रेन्जर केदार दास र नेपाल आर्मीको सयुक्त टोलीले उहाँहरुलाई बुधबार नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।