केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देश्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –४ कागबेनीको नामा भन्ने स्थानमा स्थानीय आङ्जेन गुरुङले उच्च घनत्वको (हाइब्रिड) स्याउ खेती गर्नुभएको छ ।
नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डको मिति परिवर्तन गरिएको छ । प्राविधिक कारणले आयोजना मिति परिवर्तन गरिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालीले जनाएको छ ।
अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।
जिल्लाको स्वामीकार्तिक गाउँपालिका–१, साप्पाटामा २३ वर्षीय ओब्जन बुढाको खरले छाएको घर छ । जेनजी आन्दोलनका क्रममा गोली लागेर निधन हुनुभएका उहाँका बुबा–आमा पुत्र वियोगको पीडा सहेर त्यही घरमा बस्नुहुन्छ ।
वालिङ नगरपालिकाले मङसिर १९ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ । पालिकाले आयोजना गरेको सडक तथा खाना महोत्सवको अन्मित दिन पालिकाभर सार्वजनिक बिदा दिएको हो ।
पाँचथरको फिदिम-४ का प्रकाश तामाङ मृत अवस्थामा भेटिनुभएको छ । ५५ वर्षीय प्रकाशलाई फिदिम नगरपालिका ४ सरखण्डेका राजकुमार तामाङको आँगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारको क्रममा भासिएको सडक खण्डको चार महिनापछि पुनः मर्मत सुरु गरिएको छ ।
महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव नौ दिनपछि फेला परेको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहीबार बिहान फेला परेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ ।
धनुषाको जनकपुर–ढल्केबर छ लेन सडकखण्डको तीन स्थानमा धमाधम आकासे पुल निर्माण भइरहेको छ । पैदल यात्रुको बढ्दो चाप, सडक जाम र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभिजन
धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने सबै जातजातिको संस्कृति संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकार सदैव तयार रहेको बताउनुभएको छ ।