शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधा लुइटेल
फिदिम, मङ्सिर १८ गते । पाँचथरको फिदिम-४ का प्रकाश तामाङ मृत अवस्थामा भेटिनुभएको छ । ५५ वर्षीय प्रकाशलाई फिदिम नगरपालिका-४, सरखण्डेका राजकुमार तामाङको आँगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथर प्रहरीका प्रवक्ता रामचन्द्र साहका अनुसार बुधबार साँझ ५ बजे स्थानीयले तामाङलाई मृत अवस्थामा भेटेका थिए । त्यसपछि प्रहरीलाई खबर गर्ना साथ खटेको टोलीले घटनाको स्थलगत मुचुल्का तयार पारेर पोस्टमार्टमका लागि पाँचथर अस्पतालमा ल्याइएको छ । मृत्युका कारण भने खुल्न सकेको छैन ।