दाङको तीन स्थानीय तहबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक करोड ४४ लाख बढीको धान खरिद गरेको छ । कम्पनीले लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका दुईसय १२ जना किसानसँग एक करोड ४४ लाख ८९ हजार आठसय नौ रुपियाँको धान खरिद गरेको हो ।
किरात समुदायको प्रमुख सांस्कृतिक पर्व उधौली आज देशभर, विशेषतः पूर्वी पहाडी भूभागमा, हर्षोल्लासपूर्वक मनाइँदै छ ।
चरा संरक्षणकर्मीहरूले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन् । जथाभाबी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि बालीमा प्रयोग गरिने विषादी, रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषणलगायतका कारणले चरा लोप हुने अवस्थामा पुग्न थालेपछि संरक्षणकर्मीहरुले चासो देखाएका हुन् ।
आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।
बेमौसमी वर्षाले धान खेतीमा क्षति पुर्याएपछि जिल्लामा यो वर्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बिहीबारको भेटवार्तामा युक्रेन युद्ध अन्त्यका लागि सक्रिय भूमिका निभाउन र फ्रान्स-चीन व्यापार असन्तुलन समाधान गर्न सहयोग पुर्याउन आग्रह गर्नु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।
अस्ट्रेलियामा स्थायी बसोवासका लागि सङ्घर्ष गर्ने नेपालीको कथामा आधारित मनोरञ्जनात्मक एवं सन्देशमूलक चलचित्र ‘पिआर’ यही मङ्सिर २६ गतेदेखि हेर्न पाइने भएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्व नेपाली समाजको अमूल्य सांस्कृतिक निधि भएको बताउनुभएको छ । उँधौली, धान्यपूर्णिमा, ज्यापु दिवस तथा यःमरी पुन्ही पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कट्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाउनुभएको छ ।
प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उधौली चाड मनाउने गर्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा भएको उच्चस्तरीय भेटवार्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘युद्ध अन्त्य गर्न इच्छुक’ रहनुभएको धारणा दिएको बताउनुभएको छ ।
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देश्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –४ कागबेनीको नामा भन्ने स्थानमा स्थानीय आङ्जेन गुरुङले उच्च घनत्वको (हाइब्रिड) स्याउ खेती गर्नुभएको छ ।
नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डको मिति परिवर्तन गरिएको छ । प्राविधिक कारणले आयोजना मिति परिवर्तन गरिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालीले जनाएको छ ।