तुलसीपुर उपमहानगरपालिका –१४, मटेराका पूर्णबहादुर चौधरी ‘नमूना किसान’ को रूपमा चिनिनुहुन्छ । एक समय अधिया खेतिकै भरमा परिवार पाल्न बाध्य पूर्णबहादुर तरकारी खेती गरेर दुई विघा जमिन खरिद गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्की योमरी पूर्णिमाको अवसरमा वसन्तपुरमा आयोजित राष्ट्रिय ज्यापु दिवस समारोहमा सहभागी हुनुभएको छ ।
फ्रान्सेली अन्तर्राष्ट्रिय मामिला जर्नलले ग्रान्ड कन्टिनेन्टमा बिहीबार प्रकाशित मतदान समूह क्लस्टर १७ को नयाँ सर्वेक्षणले युरोपेली सङ्घ (इयु)का नौ देशमा अधिकांश नागरिकले इयु सदस्य राष्ट्र र रुसबिच युद्ध भड्किन सक्ने ‘उच्च जोखिम’ देखिरहेको निष्कर्ष प्रस्तुत गरेको छ ।
रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय-परीक्षित’मित्रका रूपमा व्याख्या गर्दै आएका छन् । तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध अभूतपूर्व दबाबमा परिरहेको छ ।
नारायणगढ –बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुर खण्डमा अहिले सर्भिस लेनको काम चलिरहेको छ । गैंडाकोट नगरपालिका र देवचुली नगरपालिकाका बस्ति क्षेत्रहरूमा धमाधम सर्भिस लेन निर्माणको काम भइरहेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।
झापाको दमकमा एक वृद्धको हिँड्दै गर्दा बाटोमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलबार साँझ दमक ५ क्याम्पस मोडमा हिडिरहेका बृद्ध लडेर घाइते हुनुभएको थियो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले १२ औँ विश्व माटो दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । मङ्सिर १४ गतेदेखि दिवस मनाउन सुरु गरेको मन्त्रालयले शुक्रबार मूल कार्यक्रम गरी १२ औं विश्व माटो दिवस मनाउन लागिएको कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलले बताउनुभयो ।
समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।
झापामा प्रहरीले ठुलो परिमाणमा राजस्व छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीनवटा सवारी साधनसहित ठुलो परिमाणमा राजस्व छलीको सामग्री बरामद गरिएको हो ।
राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाको बाँध निर्माण लगायतको संरचना निर्माणको ठेक्का सम्झौता तोडिएपछि सुनकोसी नदीमा बाँध निर्माणस्थल सुनसान बनेको छ ।
सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ।
दशरथ रङ्गशालामा हुने प्रतियोगितामा आयोजक नेपालको एपिएफ क्लबसहित पाँच देशका क्लबको सहभागिता रहने छ । एपिएफले शुक्रबार पहिलो खेलमा साँझ ६:०० बजे बङ्गलादेशको नास्रिन स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले सुनौला जुनाररसुन्तलाले पहेँलपुर भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चार वटा आयोजनाको सुरुवात गर्नु भएको छ । बिहीबार बिहान आफ्नो निर्वाचन क्षेत्र लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा ती आयोजनाको सुरुवात गर्नुभएको हो ।