म्याग्दीको मालिका गाउँलालिका-६, दरबाङमा सप्पन्न अन्तर मावि विद्यालय स्तरीय छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ ।
मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाथीभरा याङवरक गाउँपालिकालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सले जितका लागि चितवन राइनोजलाई एक सय ७० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका उज्यालोबाट बञ्चित हुँदै आएको छ।
कपिलबस्तुको कुदनामा भएको निःशुल्क आँखा शिविरबाट ७ सय ७६ जनाले सेवा लिएका छन् ।
कठ्याङ्ग्रिदो जाडो, पानी जमेर बरफ, पदमार्ग आसपासमा हिउँले छपक्कै छोपेको अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत थोराङ्ला पासमा विदेशी पर्यटकको चहलपहल छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-७, कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ ।
ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कमला पर्साद-बिसेसरले बुधबार संयुक्त राज्य अमेरिकाले द्वीपमा जडान गरेको नयाँ राडार प्रणालीको उद्देश्य लागुऔषध तस्करी नियन्त्रण गर्नुका साथै वासिङ्टनले प्रतिबन्ध लगाएको भेनेजुएलाको कच्चा तेलको अवैध आवागमन रोक्ने रहेको बताउनुभएको छ ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ ।
प्रविधिको प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौ नारा सहित ३४ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान कार्यक्रम अन्तर्गत राजविराज १ चनौरा पडरियामा धर्म गुरूहरूसँग बालविवाह न्यूनीकरणका लागि कानुन र पोलिसीको विषयमा बिहिवार आन्तर्क्रियाको आयोजना गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन अन्तर्गत खोपप्रति शङ्का राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ.केनेडी जुनियरले गठन गर्नु भएको नयाँ सल्लाहकार समूहले नवजात शिशुका लागि हेपाटाइटिस-बी खोपको पुनरावलोकन गर्न लागेपछि अमेरिकामा चिकित्सक तथा वैज्ञानिक समुदायबिच तीव्र बहस चर्किएको छ ।
भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाउनुभएको छ ।
पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुर लगायतका जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएको छ ।
कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका-३, तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
परिवार समाजमा हुने लैङ्गिक हिंसा रोक्न पुरुषको भूमिका खोजी हुन थालेको छ । हिंसा गर्न, गराउन पुरुष नै अग्रसर देखिएकाले हिंसा रोक्न पनि पुरुषको भूमिका महत्वपूर्ण हुने ठानेर टीकापुर नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका बेला समूहसँग छलफल गरेको हो ।