आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ ।
‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर १२औँ विश्व माटो दिवस मनाइँदैछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्यसअन्तर्गतका अन्य निकायले १२औँ विश्व माटो दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नरोकिने आन्तरिक राजस्व विभागले जनाएको छ । यसअघि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले व्यवसायी
सर्वाधिक पुरस्कार राशिको तेस्रो मेयरकपको उपाधी आयोजक बागलुङ नगरपालिका निलोले चुम्न सफल भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । पालिकाले पहिलो पटक आयोजना गरेको सडक तथा खाना महोत्सवलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिएको नगरप्रमुख कृष्ण खांणले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शुक्रबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणलगायतको संरचनाको निर्माण ठेक्का सम्झौता तोडिएपछि सुनकोशी नदीमा बाँध निर्माणस्थल सुनसान बनेको छ ।
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैङ्क अफ दी इयर २०२५ को अवार्डबाट लन्ड
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन दर्ताको निवेदन दिएका दलहरूको दर्ता स्वीकृत गरी निर्वाचन चिह्न प्रदान गरेको छ । राष्ट्रिय सभामा रिक्त हुने १८ पदका लागि आगामी मा
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीको इन्धन प्रणाली परिवर्तन गरी वातावरणमैत्री बनाउन चाहनेका लागि कानुनी व्यवस्था खुला गरेको छ । यो व्यवस्था दोस्रो पटक तीन वर्षका लागि खुला गरिएको हो ।
नेपालमा भारतीय एक सय रुपियाँभन्दा ठुला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कले अनुमति दिएको छ । सन् २०१६ नोभेम्बरमा भारतले ठुला नोटमा नोटबन्दी गरेसँगै नेपालमा
प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको बताउनुभएको छ । निर्वाचन सफल बनाउन सबै नेपालीको सहभागिता र सहयोगको पनि उहाँले अपेक्षा गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनको १३ औँ कृति ‘नयाँ लुगा’ को बिहीबार घोराहीमा विमोचन गरिएको छ। राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालले उपन्यासको विमोचन गर्नुभयो।
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।