• १९ मङ्सिर २०८२, शुक्रबार

वालिङ नगरपालिकामा आज सार्वजनिक बिदा

blog

वालिङ नगरपालिका । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) मङ्सिर १९ गते ।
स्याङ्जाको वालिङ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । पालिकाले पहिलो पटक आयोजना गरेको सडक तथा खाना महोत्सवलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिएको नगरप्रमुख कृष्ण खांणले जानकारी दिनुभयो ।

‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय वृद्धि हाम्रो चाहाना’ मुल नाराका साथ चलिरहेको महोत्सवले मौलिक खानालाई प्रवर्धन गर्दै बजारसम्म पुर्‍याउन सहयोगी हुने नगरपालिकाको भनाइ छ ।

सडक खाना महोत्सवले स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार हुने प्रमुख खांणको भनाइ छ ।   

वालिङ–८ स्थित खेलमैदानदेखि सुर्कौदी पुलसम्मको आँधीखोला करिडोर क्षेत्रमा बुधबारबाट महोत्सवको आयोजना भइरहेको छ ।

महोत्सवलाई भव्य र सहभागीता मूलक बनाउनका लागि स्थानीय तहका सबै सरकारी तथा गैर–सरकारी संस्थामा आज बिदा दिने निर्णय गरिएको पालिकाले जनाएको छ ।