• १८ मङ्सिर २०८२, बिहिबार

एनपिएल : सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको चुनौतीपूर्ण लक्ष्य

blog

विकेट जोगाउने प्रयास गर्दै विराटनगरका ब्याट्सम्यान । तस्बिर : एनपिएल

काठमाडौँ, मङ्सिर १८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सले जितका लागि चितवन राइनोजलाई एक सय ७० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६९ रन बनायो । 

सुदूरपश्चिमका लागि क्रिस लिनले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ७५ रनमा रिटायर्ड हर्ट हुनुभयो । उहाँले ५६ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै ओपनर विनोद भण्डारीले २३ र पुनित मेहराले १३ रन बनाउनुभयो । आरिफ शेखले र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित समान २४/२४ रन बनाउनुभयो । 

बलिङमा चितवनका सैफ जइबले दुई विकेट लिनुभयो । रन्जित कुमार र जर्ज स्क्रिमशाले एक एक विकेट लिनुभयो । सुदूरपश्चिम यसअघिनै प्लेअफमा पुगिसकेको छ । चितवनलाई प्लेअफमा पुग्न जित्नैपर्ने बाध्यता छ ।