• १८ मङ्सिर २०८२, बिहिबार

मलामी गएका युवक डुबेर बेपत्ता

blog

महाकाली नदीमा बेपत्ता युवकको खोजी गरिँदै । तस्बिर सौजन्य : एश्वर्या कुवँर

भवानीदत्त भट्ट

कञ्चनपुर, मङ्सिर १८ गते । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका-३, तिलकपुरका २८ वर्षीय सनि दमाई महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो स्थानीय भाइ नाता पर्नेको मलामी गएका दमाई चिता जलाउने क्रममा नुहाउन गएका बेला भुजेला घाट स्थित महाकाली नदीमा चिप्लिएर बेपत्ता भएका थिए । 

युवक बेपत्ता भएपछि खोजीका लागि शसस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोली परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रनाउ सागर बोहराले बताउनुभयो । यसअघि गत मङ्सिर ९ गते महाकाली नदीमा पौडी खेल्न गएका बेला बेपत्ता भएका भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहीबार बिहान मात्रै फेला परेको थियो ।