समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।
झापामा प्रहरीले ठुलो परिमाणमा राजस्व छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीनवटा सवारी साधनसहित ठुलो परिमाणमा राजस्व छलीको सामग्री बरामद गरिएको हो ।
राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाको बाँध निर्माण लगायतको संरचना निर्माणको ठेक्का सम्झौता तोडिएपछि सुनकोसी नदीमा बाँध निर्माणस्थल सुनसान बनेको छ ।
सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ।
दशरथ रङ्गशालामा हुने प्रतियोगितामा आयोजक नेपालको एपिएफ क्लबसहित पाँच देशका क्लबको सहभागिता रहने छ । एपिएफले शुक्रबार पहिलो खेलमा साँझ ६:०० बजे बङ्गलादेशको नास्रिन स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले सुनौला जुनाररसुन्तलाले पहेँलपुर भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चार वटा आयोजनाको सुरुवात गर्नु भएको छ । बिहीबार बिहान आफ्नो निर्वाचन क्षेत्र लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा ती आयोजनाको सुरुवात गर्नुभएको हो ।
छिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ ।
नेपाली लघुकथाको अध्ययन, विश्लेषण र समकालीन प्रवृत्तिमाथि केन्द्रित ‘विलोम’ लघुकथा अभ्यासको दसौँ श्रृङ्खला मंसिर १७ गते सम्पन्न भएको छ।
बेन चार्ल्सवर्थ र भिम सार्की चम्किएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
मनाङको नार्पाभूमि गाउँपालिका –४ र ५ मा पर्ने फूगाउँका वन क्षेत्र तथा उच्च हिमाली खर्कहरूमा प्रशस्त मात्रामा बास्नादार जिम्बु पाइनेगरेको छ ।
इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकको शव पहिचान गरिसकिएको बिहीबार बताएको छ ।
उधौली लागेसँगै लेकका गोठ उधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन् । जिल्लामा सबैभन्दा बढी भेँडा पालन हुने चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेँडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो ।
दाङको तीन स्थानीय तहबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक करोड ४४ लाख बढीको धान खरिद गरेको छ । कम्पनीले लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका दुईसय १२ जना किसानसँग एक करोड ४४ लाख ८९ हजार आठसय नौ रुपियाँको धान खरिद गरेको हो ।
किरात समुदायको प्रमुख सांस्कृतिक पर्व उधौली आज देशभर, विशेषतः पूर्वी पहाडी भूभागमा, हर्षोल्लासपूर्वक मनाइँदै छ ।