• १८ मङ्सिर २०८२, बिहिबार

उज्यालोबाट बञ्चित हुँदै पालिका

blog

विगत पाँच महिनादेखि अन्धकारमा रहेको हिमाली गाउँ बस्ती। तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा मङ्सिर १८ गते । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका उज्यालोबाट बञ्चित हुँदै आएको छ। 

२०७८ साल फागुनमा कवाडी लघुजलविद्युत् परियोजनाले एक सय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा बत्ती बालेको थियो। 

गत साउन २८ गते राति बिच्छ्या खोलामा आएको बाढीले सो विद्युतको नहर सबै बगाएपछि अहिले यहाँका ती घरधुरी तथा हिमाली गाउँपालिकाको कार्यालय समेत उज्यालोबाट बञ्चित हुँदै आएको हो। 

बाढीले यहाँका स्थानीयले प्रयोग गर्दै आएका खानेपानी, सडक र अन्य भौतिक पूर्वाधार समेत भत्किएका थिए। पालिकाले दुई महिनामा त्यसैलाई पुन मर्मत गरेर स्थानीयलाई सहज गर्दै आएको छ।  

बिजुलीको नहरमा भने ठुलो क्षति भएकोले पालिकालाई यो मर्मत गर्न निकै रकमको आवश्यक परेको छ। पालिकाको आफैले त्यो रकम उपलब्ध गर्न सकिने अवस्था छैन्। बत्ती पुन मर्मत गर्न रकम नभएकोले पालिको प्रदेश र र सङ्घीय सरकार सँग रकमको माग गर्दै आएको छ। पालिकाले आफ्नै लगानीमा दुई महिनामा मर्मत गरेपछि अहिले यहाँका स्थानीयलाई खानेपानीको भने केही सहज भएको हिमाली गाउँपालिका–६, धुलाचौरका स्थानीय रामबहादुर रावतले बताउनुभयो। 

अहिले पालिकाको काम त के हामीलाई घरमा मोबाइल चार्ज गर्न समेत निकै समस्या भएको रावतले बताउनुभयो। हिमाली गाउँपालिका जिल्लाकै एक विकट पालिका हो।