अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १८ गते । वालिङ नगरपालिकाले मङसिर १९ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ । पालिकाले आयोजना गरेको सडक तथा खाना महोत्सवको अन्मित दिन पालिकाभर सार्वजनिक बिदा दिएको हो ।
नगर प्रमुख कृष्ण खाँणले जारी गरेको विज्ञप्तिमार्फत महोत्सवलाई भव्य र सहभागीता मूलक बनाउनका लागि स्थानीय तहका सबै सरकारी तथा गैर–सरकारी संस्थामा बिदा दिने निर्णय गरिएको जनाइएको छ ।
महोत्सवको अन्तिम दिन सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य सार्वजनिक सङ्घ–संस्थाहरू पूर्ण रूपमा बन्द रहने विज्ञप्तिमा जनाइएको छ ।
वालिङ नगरपालिकाले पहिलोपटक आयोजना गरेको सडक खाना महोत्सवलाई सफल बनाउने उद्देश्य सहित बिदा घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङस्थित पतञ्जलि योगपीठदेखि सुर्कौदी पुलसम्म फैलिने आँधीखोला काेरिडोर क्षेत्रमा बुधबार देखि महोत्सव सञ्चालित छ ।