अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत इलाका संरक्षण कार्यालय मनाङद्वारा सञ्चालित स्वास्थ्य सेवा शाखाले नोभेम्बर २०२५ महिनाभरमा विभिन्न स्वास्थ्य सेवामार्फत २५५ जनालाई सेवा प्रदान गरेको छ ।
चालु आर्थिक वर्षदेखि वीरेन्द्रनगर सिटी हल (सभा गृह) निर्माणको दोस्रो चरणको काम सुरु हुने भएको छ । गत आर्थिक वर्ष नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । पुरानो ठेक्का रद्द गरिएपछि सिटी हल निर्माणको दोस्रो चरणको काम अघि बढाइएको हो ।
गुल्मीमा खरले छाएको गोलो घर संरक्षण गर्ने योजना अधूरै रहेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका भित्र रहेको गोलो घरहरुलाई विगतका वर्षहरुदेखि नै संरक्षण गर्ने योजना भए पनि त्यसलाई कार्याान्वयन गर्नमा भने ढिलाइ भएको हो ।
रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो ।
१९ वर्षअघि परिवारको आर्थिक अवस्था सुधार्न भनेर भारतको हिमाञ्चल प्रदेशको सिमला जानुभएका टीकापुर नगरपालिका–७, सोनाहाफाँटाका हरिबहादुर सुनार अझै फर्किनुभएको छैन ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले पुरानो जलासयलाई ‘सुस्ता नमुना ताल’ को रूपमा विकसित गरेपछि त्यस क्षेत्रमा पर्यटकीय आकर्षण बढेको छ । पटेर लगायतका झाडीले भरिएको यो जलासयलाई गाउँपालिकाको अग्रसरतामा सरसफाइ गरी तालको स्वरुप दिएपछि अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको हो ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि तथा धान्यपूर्णिमा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्ला पाँच वर्षमा एचआइभी / एड्सबाट ३५२ जनाको ज्यान गएको छ । तुलनात्मक अध्ययनले हरेक वर्ष मृत्यु हुनेको सङ्ख्यामा कमी आइरहेको भए पनि सन् २०३० सम्ममा एचआइभी / एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने सरकारको लक्ष्य पूरा नहुने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले संसारभर सन् २०३० सम्ममा एचआइभी/एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।
काठमाडौँ महानगरपालिकाले सहयोगको अपेक्षामा रहेका सडक मानव व्यवस्थापन गर्न मानव सेवा आश्रमसँग सम्झौता गरेको छ । मानव सेवा आश्रमका लागि प्रयोग हुने घर भाडा, मावन व्यवस्थापन तथा स्क्रिनिङ कार्यका सम्झौता भएको हो ।
छिमेकी देश भारतले नेपाल–भारतको साझा सीमा नदी महाकाली किनारमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयलाई लिएर दार्चुलामा विरोध हुन थालेको छ । भारतले दार्चुला सदरमुकाम खलङ्गाको पारिपट्टि नदी किनारमा पक्की तटबन्ध निर्माणको काम निरन्तर गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका संयोजक राजेशसिंह सामन्तले भारतले नेपालतिर प्रवेश गरी सिमाना विस्तार गर्न खोजेको आरोप लगाउनुभयो ।
कैलालीको कैलारी गाउँपालिकामा बालुवा उत्खन्नबाट सङ्कलन गरिएको रोयल्टीमा हिनामिना भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा घुरहा नदीको बालुवा उत्खनन गरेबापत सङ्कलन गरिएको रोयल्टी हिनामिना भएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँका सरोज चौधरीले गाउँको भलमनसाका रूपमा काम गरेको ३० वर्ष भइसक्यो । तीन दशकदेखि निरन्तर गाउँको नेतृत्व गरेका उहाँले भलमनसाका रूपमा काम गरेबापत हालसम्म गाउँबाट केही पारिश्रमिक लिनुभएको छैन ।
सप्तरीमा हात्तीको आक्रमणबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कंचारूप नगरपालिका ५ का ५५ वर्षीय नारायण खंग रहनुभएको छ ।
दोलखाको शैलुङ गाउँपाकिा–८ को समन्वय तथा सुस्वास्थ्य हस्पिटल काठमाडौँको आयोजनामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २९५ जना बिरामी लाभान्वित भएका छन् ।
नवलपुरको कावासोतीमा रहेको नेपाल विद्युत प्राधिकरणमा कावासोती वितरण केन्द्रमा ग्राहक पहिचान विवरण (केवाईसी) फर्म भर्नेहरू भिडभाड बढेको छ ।