शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १८ गते । ताप्लेजुङस्थित वन पैदावर व्यवसायी सङ्घको अध्यक्षमा ज्ञानबहादुर राई चयन हुनुभएको छ । सङ्घको बुधबार सम्पन्न चौथो जिल्ला अधिवेशनले राई अध्यक्ष रहेको नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्ष टीकाराम सुनुवार, सचिव रवीन गुरुङ, सहसचिव किशोर न्यौपाने र कोषाध्यक्षमा कुसुम न्यौपाने चयन हुनुभएको छ । सदस्यहरुमा प्रेमबहादुर नुगो, मनिष हेल्लोक, युवराज बोगटी, मङ्गलसिंह विश्वकर्मा रहनु भएको छ ।
सङ्घको लेखा समिति संयोजकमा चन्द्रकुमार यवागु, सदस्यमा गोपी भट्टराई र जयप्रकाश भट्टराई चयन हुनुभएको छ । व्यवसायीहरुले व्यावसायिक चुनौती, आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरी सङ्घ क्रियाशील रहने निर्णयसमेत गरेको जनाइएका छ ।