नेपाली कांग्रेसले देशका सबै क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पठाउन थालेको छ । १५ औँ महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले पार्टीका क्षेत्रीय कार्यसमिति सभापतिमार्फत सबै वडा, पालिका र नगरसम्म क्रियाशील सदस्यता फाराम पठाउन थालेको हो ।
नवलपुरको कावासोतीमा रहेको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रमा ग्राहक पहिचान विवरण (केवाइसी) फर्म भर्नेहरू भिड बढेको छ ।
बर्दियामा विद्युत सर्ट हुँदा गुलरिया नगरपालिका वडा ५ बालापुरमा एक घरमा आगो लाग्दा जलेर क्षति पुगेको छ । खर र जस्ता पाताले छाएको लोकेन्द्रबहादुर चौधरीको कच्ची घरमा विद्युत सर्ट भएर आगो लाग्दा क्षति भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सातविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।
उज्यालो नेपाल पार्टीले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचार विरुद्धको कारबाही नरोकिने बताउनुभएको छ। जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मुस्लिम समुदायका अगुवा प्रतिनिधिसँग सिंहदरबारमा भेटघाट गर्नुभएको छ।
टस जितेर सुरुमा बलिङ गरेको लुम्बिनी लायन्सले विराटनगर किङ्सले जितका लागि दिएको एक सय ४५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको हो ।
कपिलवस्तुको बुद्धभूमिमा सञ्चालित पाँचौँ बुद्धभूमि महोत्सव सम्पन्न भएको छ । मङ्सिर ४ गतेदेखि सञ्चालनमा आएको महोत्सवमा लुम्बिनी प्रदेशसभा सदस्य नवराज लामिछानेले समापन गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक भएको छ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशमा नया सरकार गठनका लागि दावी पेश गर्न अह्वान गर्नुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि तत्काल २५ जना क्षमताको हेरचाह केन्द्र सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
विद्यालयको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि सञ्चालन गरेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताहमा ३३ लाख पाँच हजार एकसय ५६ रुपियाँ ५७ पैसा नगद दान संकलन भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताउनुभएको छ।