सन्तोष दहित
दाङ, मंसिर १७ गते । विद्यालयको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि सञ्चालन गरेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताहमा ३३ लाख पाँच हजार एकसय ५६ रुपियाँ ५७ पैसा नगद दान संकलन भएको छ ।
नगद दानमार्फत ३१ लख ८५ हजार, दुुईसय ५६ रुपियाँ ५७ पैसा र कलशमार्फत एक लाख १९ हजार ९ सय रुपियाँ दान संकलन भएको सप्ताह ज्ञान महायज्ञका सदस्य सचिव तथा विद्यालयका प्रधानध्यापक खड्कबहादुर वलीले जानकारी दिनुभयो। त्यस्तै, अन्नवाली अर्थात धान दानमार्फत अन्दाजी एकसय ३० क्विन्टल धान संकलन भएको उहाँले जानकारी दिनुभयो ।
मंसिर ८ देखि १५ गतेसम्म सञ्चालन गरेको सप्ताह ज्ञान महायज्ञलाई विद्यालयका] अभिभावकदेखि स्थानीयहरुले उक्त दान गर्नुभएको थियो । विस २०३५ सालमा रात्रिकालीन विद्यालयको रुपमा स्थापना भएको प्राथमिक विद्यालय लगाानी, संरक्षण र सक्रियता अभावका कारण विद्यालय अन्त विद्यालयमा गाभिने स्थितिमा पुुगेको थियो ।
विद्यालयमा शैक्षिक र भौतिक संरचना फेर्न स्थानीय अगुवाहरुको अगुवाइमा विद्यालयले धार्मिक कार्य सञ्चालन गरी फेरिने जमर्को गरेको छ । जसलाई सार्थकता दिन स्थानीयहरु दिल खोलेर मुुठिदेखि मुुरीसम्म एकदेखि लाख रुपियाँसम्म दान गरेका छन् ।
महायज्ञको सातै दिन महायज्ञका स्थानीयहरुले धेरथोर दान गरी उक्त दान संकलन भएकाले उक्त संकलन रकमले सप्ताहको संकल्प पूरा गर्ने प्रधानध्यापक वलीले बताउनुुभयो । जसका लागि उहाँले दान दातहरुको पवित्र दानकारी मनहरुप्रति आभार व्यक्त गर्नुुभयो ।
प्रधानध्यापक वलीले विद्यालयको मुहार फेर्न लाग्ने सबै अभिभावक, स्थानीय, सामाजिक अगुवा, दानदाता सँगै सप्ताह ज्ञान महायज्ञका विभिन्न समितिहरुप्रति विद्यालय परिवार आभारी भएको बताउनुभयो । महायज्ञमा स्थानीयसँगै बैदेशिक रोजगारमा परदेशमा रहेका स्थानीयहरुले पनि दान गरेकाले उक्त कुराको चर्चा पनि विद्यालयका नमुनायोग्य रहेको उहाँको भनाइ छ।
विद्यालय निर्माणका लागि घोराही उपमहानगरपालिका वडा १७ चौघेरा निवासी समाजसेवी पदम केसीले ५० हजार, पचुर्खा निवासी समाजसेवी दिलबहादुर वलीले एक लाख एघार हजार एकसय ११, विद्यालय व्यवस्थापन समितिका सदस्य जीवबहादुर खत्रीले एकलाख २१ हजार एकसय ११, घोराही उपमहानगरपालिका वडा ६ चैनपुर निवासी समाजसेवी खर्गबहादुर खत्री ५७ हजार पाँचसय ५५, विद्यालयका पूर्व शिक्षक तथा समाजसेवी एवं सप्ताह ज्ञान महायज्ञका दाता पहचिान उपसमितिका संयोजक श्रीधर महरा र उहाँको धर्मपत्नी सरिता महराले एक लाख ५१ ह्जार पाँचसय ५५ रुपियाँ सहयोग गर्नुभएको छ ।
त्यसैगरी महायज्ञ सल्लाहकार संयोजक तथा अग्रज साहित्यकार गुुरुप्रसाद शर्मा रेग्मी र उहाँको छोराहरु सुधिरकुमार रेग्मी, सुुनिलकुमार रेग्मी गरी रेग्मी परिवारवाट एक लाख ५५ हजार पाँचसय ५५ र हाल रोजगारका लागि युकेमा रहनुभएका घोराही उपमहानगरपालिका वडा १७ उज्जवल टोल निवासी लिलाधर कवर मगर र उहाँकी धर्मपत्नी मिना कवर मगरसहित परिवारबाट एकलाख ८१ हजार एकसय ११ रुपियाँ दान गर्नुुभएको प्रधानध्यापक वलीले जानकारी दिनुुभयो ।