• १७ मङ्सिर २०८२, बुधबार

विद्युत सर्ट हुँदा आगलागी

blog

फाइल तस्बिर

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), मंसिर १७ गते । बर्दियामा विद्युत सर्ट हुँदा गुलरिया नगरपालिका वडा ५ बालापुरमा एक घरमा आगो लाग्दा जलेर क्षति पुगेको छ । खर र जस्ता पाताले छाएको लोकेन्द्रबहादुर चौधरीको कच्ची घरमा विद्युत सर्ट भएर आगो लाग्दा क्षति भएको हो । 

चौधरीको घरमा विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताउनुभयो । स्थानीयवासी, प्रहरी र गुलरिया नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । 

आगोबाट मानवीय क्षति भएको छैन । घरमा रहेको अन्नपात, लत्ताकपडा र काठ पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।