गाउँ पस्नासाथ देखिने एकनासका चिटिक्क परेका घरहरू । आँगन र बाटोभरि ढकमक्क फुलेका रङ्गीन फूलहरू अनि ओठमा मुस्कान लिएर पाहुनाको सत्कार गर्न आतुर स्थानीय ।
रोजगारीका लागि स्वदेश छाड्नेहरूको क्रम बढ्दै गएको बेला यहाँको एकै गाउँका १८ जना बिहीबार मजदुरी गर्न भारत पसेका छन् ।
नेपाल विद्युत प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो ।
बाँकेमा एम्बुलेन्स सञ्चालनका विषयमा व्यापक जनगुनासो आएकोले एम्बुलेन्सहरूलाई व्यवस्थित गर्न एम्बुलेन्सहरूको विवरण संकलन सुरु गरिएको छ ।
सप्तरीको महादेवा गाउँपालिका-४, डाढाको मुसहरी टोलमा दाइँ (दौनी) गर्न राखिएको धानमा आगलागी हुँदा ठुलो क्षति भएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान रेको छ ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।
चिसो बढेसँगै लमजुङको हिमाली काँठमा पुगेका भेडीगोठहरू बेँसी झर्न थालेका छन् । अहिले भेडीगोठहरू गाउँ बस्ती नजिकैका खेतबारीमा राखिएका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका-१, स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च. ७४६४ नम्बरको कारले नियन्त्रण गुमाई पैदल यात्रीलाई ठक्कर दिएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५५५ निर्धारण भएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) दक्षिण एसियाका आठ मुलुकको साझा मञ्च हो । सार्कमा भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बङ्गलादेश, भुटान, श्रीलङ्का र माल्दिभ्स सदस्य छन् । यसका
बेनी नगरपालिका–८, कालीपुल र पर्वतको जलजला गाउँपालिका–३, बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ ।
यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ ।
लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरू भए तापनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव भएको कानुन विज्ञहरूले बताएका छन् ।