• १९ मङ्सिर २०८२, शुक्रबार

हनुमाननगर कंकालिनीमा निःशुल्क आँखा शिविर, ७५७ जनाले लिए सेवा

blog

शिविरमा सेवा लिनुहुँदै सेवाग्राही । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर १९ गते ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

नगरपालिकाको वडा नम्बर १ भारदहस्थित कंकालिनी मन्दिरको प्राङ्गणमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

सोसल लाईफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा महिला ४५७ र पुरुष तीन सय गरी ७५७ जनाले सेवा लिएको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीले जानकारी दिनुभयो ।

शिविरमा १५० देखि दुई जनासम्मको आँखा परीक्षण गर्ने लक्ष्य राखिएपनि बिहीबार साँझसम्म ७५७ जनाले सेवा लिएको उहाँले बताउनुभयो । तीमध्ये ११३ जना मोतियाविन्दुको बिरामी फेला परेको र उहाँहरु निःशुल्क अप्रेसन गरिने नगरप्रमुख माझीले जानकारी दिनुभयो ।

शिविरमा चौधरी आँखा अस्पताल, लहानका चिकित्सकहरुबाट आँखा परीक्षण गरिएको थियो ।