• १९ मङ्सिर २०८२, शुक्रबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

blog

काठमाडौँ, मङ्सिर १९ गते । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५५५ निर्धारण भएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपियाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६२५ रुपियाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । रासस