• १९ मङ्सिर २०८२, शुक्रबार

कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई घाइते

blog

अमराज नहर्की

तनहुँ, मङ्सिर १९ गते । तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण गुमाई पैदल यात्रीलाई ठक्कर दिएको छ । घटना लगत्तै कार तथा चालकलाई डुम्रे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। दुर्घटनास्थल प्रहरी चौकीबाट करिब दुई किलोमिटर पश्चिमतर्फ पर्छ ।

दुर्घटनामा म्याग्दी, धौलागिरी गाउँपालिका–७ की ३८ वर्षीया लिला जौशी र बेनी नगरपालिका–२ की वर्ष ३८ की लिला सुवेदी घाइते हुनु भएको छ । प्रारम्भिक उपचारका लागि दुबैलाई लक्ष्मी सिटी अस्पताल, डुम्रे लगिएको थियो भने पछि थप उपचारका लागि गण्डकी अस्पताल, पोखरा रिफर गरिएको थियो ।

अहिलेसम्म दुवै मेट्रोसिटी अस्पताल, पोखरामा इमेर्जेन्सी वार्डमा उपचाररत छन् र अवस्था सुधारोन्मुख रहेको आफन्तहरूले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार बिकका अनुसार प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।