• १९ मङ्सिर २०८२, शुक्रबार

नदी कटान नियन्त्रण आयोजना प्रारम्भ

blog

कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु । तस्बिर : रासस

म्याग्दी, मङ्सिर १९ गते । बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ ।

गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले दुई करोड ९८ लाख रुपियाँको लागतमा आयोजना निर्माण थालेको हो ।  

आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार नदी किनारमा ८० मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण हुनेछ । भुइँमा चार मिटर चौडा र तीन मिटर अग्लो ‘कङ्क्रिट’ र त्यसमाथि ग्याबिन’ पर्खाल पनि बनाइने छ  । आयोजना पूरा भएपछि कालीपुल क्षेत्रको बस्ती बाढीबाट जोगिने छ । रासस