रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१४, बाँकेज्युलास्थित भेरी काेरिडोरमा जिप दुर्घटना भएको छ । शुक्रबार दिउँसो जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोटको राडीतर्फ जाँदै गरेको लु १ ज २०८२ नम्वरको जिप दुर्घटना भएको हो ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा.मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबिच आज द्विपक्षीय भेटवार्ता भएको छ ।
गोरखापत्र संस्थानको सूचना प्रविधि विभागमा कार्यरत निमित्त प्रमुख प्रबन्धक जुजुकाजी रञ्जितको उमेर हद ५८ वर्ष पुगेका कारण सेवाबाट बिदाइ गरिएको छ । २०८२ मङ्सिर २० गतेदेखि लागु हुने गरी उहाँ सेवा निवृत्त हुन लाग्नु भएको हो ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलको तर्फबाट नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गर्नुभएको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिकामा किवी प्रशोधन उद्योग सञ्चालनमा आएको छ । गाउँपलिकाको वडा १, क्याम्पोलमा उद्योग सञ्चालन गरिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताउनु भएको छ ।
केही वर्ष अगाडिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ ।
आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले २२ वर्ष अघि हत्यामा सङ्लग्न मध्ये एक अभियुक्तलाई पक्राउ गरेको छ ।
सरोकार भएकाहरूले नेपालमा मस्तिष्कघातको अध्ययन अनुसन्धानका विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
दक्षिण र दक्षिणपूर्व एसियाका विभिन्न देशमा आएको भीषण बाढी र पहिरोका कारण एक हजार ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् र करिब एक करोड १० लाख मानिस प्रभावित भएका छन् ।
भारतको सबैभन्दा ठुलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ ।
नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएकाे छ ।