आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । मूलपानीस्थित खेल मैदानमा आजदेखि टोलीको बन्द प्रशिक्षण सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहाडी जिल्लाका जनता प्रदेश सरकारप्रति आशावादी रहेको बताउनु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चर्चित वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति पुगेको बताउनुभएको छ ।
रौतहटमा शुक्रवार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले भेटवार्ता गर्नुभएको छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका –५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि आठराई त्रिवेणी हाङपाङले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा मेरिङदेन –३ खाम्लुङलाई ४–१ गोल अन्तरले पराजित गर्दै हाङपाङले उपाधि हात परेको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरबासीको स्वास्थ्य स्थिति राम्रो बनाउन दिनरात खटिने सामुदायिक स्वास्थ्य स्वयसेवकहरु, महिला स्वास्थ्य स्वयमसेवकको अतुलनीय योगदान रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई चिसोबाट जोगाउन हातेमालो गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले जिल्लास्तरीय पार्टी एकता सन्देश सभाको तयारी गरेको छ । सो पार्टीले आउँदो मङ्सिर २५ गते जिल्लास्तरीय एकता सन्देश सभा गर्ने गरी तयारी सुरु गरेको हो ।
पाँच बर्षदेखि अलपत्र रहेको राजापुर नगरपालिकाको मंगलपुरदेखि गेरुवा गाउँपालिकाको ओखरिया इन्टेक जोड्ने सडक थपिएको म्याद सकिन लाग्दा निर्माण कम्पनीले काम सुरु गरेको छ ।
लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् ।
लमजुङमा आठ महिनाअघि पूर्वप्रहरी हवलदार सीता धिताल कंडेलको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका –७ का ४७ बर्षीय बुद्धिराम दराई रहेका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको चुनौती दिएको छ ।
हालै आएको विनाशकारी मौसमी प्रकोपका कारण श्रीलङ्का भरि करिब ८५ प्रतिशत विद्युत आपूर्ति बन्द भएको श्रीलङ्का सिलोन विद्युत बोर्ड (सिइबी)ले जनाएको छ ।