• १९ मङ्सिर २०८२, शुक्रबार

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

blog

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुको शिष्टाचार भेट ।

काठमाडाैँ, मङ्सिर १९ गते । नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएकाे छ । नेपाल-जापान सम्बन्धको ७० औं वर्षगाठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि उहाँले शिष्टाचार भेट गर्नुभएकाे हाे ।

सो अवसरमा राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोऱ्याउनुभयो ।

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग-सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो।