• १९ मङ्सिर २०८२, शुक्रबार

मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलको तर्फबाट कांग्रेस नेता यादवको दाबी पेस

blog

फाइल तस्बिर

धर्वेन्द्र झा 

जनकपुर, मङ्सिर १९ गते । मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलको तर्फबाट नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गर्नुभएको छ । 

शुक्रबार दिउँसो प्रदेश प्रमुखको  कार्यालयमा पुगेर सात दलको समर्थनमा मुख्यमन्त्रीमा यादवले दाबी पेस गर्नुभएको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लोसपा, एकीकृत समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा यादवले दाबी पेस गर्नुभएको हो । 

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न साँझ ५ बजेसम्मको समय दिइएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बुधबार विश्वासको मत प्राप्त नहुने देखिएपछि पदबाट राजीनामा दिनुभएको हो । उहाँले राजीनामा दिएपछि मधेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।