बिरुवा गाउँपालिकाले वडा नं.– ६ चिन्नेवासमा बिरुवा आधारभूत अस्पताल बनेको छ । सविक चिन्नेवास गाविसमा रहेर हाल विभिन्न ठाउँमा छरिएर बसेका व्यक्तिहरु संगठित भएर बनेको सामाजिक विकासका लागि सहयोगी हातहरु नामक संस्थाले अस्पताल सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेर चिन्नेवास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो ।
स्थानीय सरकारले निःशुल्क वितरण गर्ने औषधी खरिद प्रक्रिया समयमै अगाडि नबढाउँदा कुस्मा नगरपालिकाभरका स्वास्थ्य संस्थामा औषधीको अभाव चर्किएको छ । स्थानीय सरकारले आर्थिक वर्षको सुरुवातमै खरिद प्रक्रिया अगाडि बढाउन भने न्यून बजेट विनियोजन र प्रशासनिक ढिलाइले स्वास्थ्य चौकीमा आधारभूत औषधीसमेत पाउन सक्ने अवस्था छैन ।
सङ्घीयता कार्यान्वयनसँगै सातै प्रदेशले आफ्नो राजधानी तोके पनि स्थायी संरचना निर्माणमा लुम्बिनी प्रदेश सबैभन्दा अगाडि देखिएको छ । अन्य प्रदेश अझै भवन र जग्गा व्यवस्थापनमै अल्झिँदा लुम्बिनीले दाङको देउखुरीस्थित भालुवाङमा विशाल प्रशासनिक केन्द्र निर्माण गरेर मुलुकको ध्यान खिचेको छ ।
प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ मा एभरेष्ट फुटबल एकेडेमी लालबन्दीले विजयी सुरुवात गरेको छ ।
काठमाडौँ उपत्यका मौलिक कला र संस्कृतिले धनी छ । उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा कला र संस्कृतिमा विविधताका साथै एकता पनि कायम छ । पछिल्लो कालखण्डमा उपत्यका घनाबस्तीले भरिँदा य
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थपिएका छन् । प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदानस्थल थपिएका हुन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन हुन नसकेको ११ वर्ष भयो । नेपालको अध्यक्षतामा सन् २०१४ मा अठारौँ सार्क शिखर सम्मेलन काठमाडौँमा भएको थियो ।
पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेको हाड जोर्नीका बिरामी लक्षित १५ दिने निःशुल्क शिविरको छैठौं दिन आइतबारसम्म ७९ जनाको शल्यक्रिया गरिएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – २ ल्होस्थित रिपुम बौद्ध गुम्बामा भिषण आगलागी भएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
धुलिखेलमा हालै एउटा गोष्ठी भयो । ‘जेनजी राजनीति : अवसर, चनौती र दिगो सफलता’ विषयक गोष्ठीको आयोजना युवा अभियान नामक संस्थाले गरेको थियो । तीनदिने गोष्ठीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन,
सप्तरी प्रहरीले चार वर्ष १८ दिन कैद सजाय पाएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चुनावी घोषणापत्र भनेको कुनै पनि राजनीतिक दलको प्राथमिकता र प्रतिबद्धताको औपचारिक दस्ताबेज हो । ती घोषणापत्र लोकतन्त्रमा हुने आवधिक निर्वाचनका आकर्षण पनि हुन् । त्यस अर्थमा निर्वाचन र दलका घोषणापत्र एक अर्कासँग सम्बन्धित रहेका हुन्छन् । ८७ दिनपछि २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको दिन नजिकिँदै गर्दा प्रतिस्पर्धी दलहरू चुनावी घोषणापत्र लेखनको तयारीमा जुटे
सत्यवति गाउँपालिका–२ की ८६ वर्षीया वृद्धा कृष्णा कुवँरको आँखा बन्द भएपछि बुढेशकालको जीवन निकै कष्टपूर्ण रह्यो । एक जीवनमा सहज उपचारको मेसो नमिलेका कारण लामो समय पीडा खेप्नु भएको कुँवर गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर आँखा देख्ने हुनुभयो ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तोकिएको फागुन २१ को प्रतिनिधि सदस्य निर्वाचनलाई लक्ष्य बनाएर मधेशी दल र नेताहरू आपसी तिक्तता भुल्दै नजिक हुने प्रयत्नमा सक्रिय छन् ।