समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ ।
निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
परिवार र समाजको डरले चुपचाप छाउपडी प्रथा स्विकार्ने परिपाटी अन्त्य गर्दै कैलालीका केही जागरुक महिला छाउपडी प्रथाविरुद्ध उत्रेका छन् । ग्रामीण क्षेत्रमा महिला समूह बनाएर महिला छाउपडी प्रथाविरुद्ध लडाइँ गर्न थालेका हुन् । महिनावारी भएका बेला उनीहरू आफू पनि घरभित्रै बस्ने र अरूलाई पनि घरमै बस्न सल्लाह दिँदै सचेतना फैलाउने कार्य गरिरहेका छन् ।
हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो ।
ग्रामीण क्षेत्रका महिला घाँसको त्यान्द्राका लागि भिरबाट लडेर अकालमै ज्यान गुमाउनेको सङ्ख्या दिनदिनै वृद्धि हुँदै गइरहेको छ । ‘प्रविधिको सही प्रयोग गरौँ : महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित यो वर्ष सहरी क्षेत्र र पालिका केन्द्रमा महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला यसरी ज्यान जानेको सङ्ख्या बाहिर आएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायले आआफ्ना तयारी तीव्र बनाइरहेका छन् । निर्वाचन सफल पार्न सरकार, निर्वाचन आयोग र यससँग सरोकार राख्ने व्यक्तिले उत्तिकै चासोका साथ काम अघि बढाइरहेका छन् भने राजनीतिक दलहरूले समेत आफ्नो तयारीलाई तीव्र पारिरहेका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्लाका २७ वटा मतदान स्थल अति संवेदनशील ठहर गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले भौगोलिक विकटता र राजनीति विवाद हुने ठहर गर्दै ती मतदान स्थललाई अति संवेदनशील ठहर गरेको हो ।
वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर्ति गर्ने विश्वास लिइएको छ ।
सुर्खेतको प्रख्यात बुलबुले ताल जीर्ण हुन थालेपछि पुरानै शैलीमा पुनर्निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले बुलबुलेको मुख्य ताललाई भत्काएर नयाँ संरचना समावेश गरी पुरानै शैलीमा पुनर्निर्माण गरेको हो ।
बिरुवा गाउँपालिकाले वडा नं.– ६ चिन्नेवासमा बिरुवा आधारभूत अस्पताल बनेको छ । सविक चिन्नेवास गाविसमा रहेर हाल विभिन्न ठाउँमा छरिएर बसेका व्यक्तिहरु संगठित भएर बनेको सामाजिक विकासका लागि सहयोगी हातहरु नामक संस्थाले अस्पताल सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेर चिन्नेवास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो ।
स्थानीय सरकारले निःशुल्क वितरण गर्ने औषधी खरिद प्रक्रिया समयमै अगाडि नबढाउँदा कुस्मा नगरपालिकाभरका स्वास्थ्य संस्थामा औषधीको अभाव चर्किएको छ । स्थानीय सरकारले आर्थिक वर्षको सुरुवातमै खरिद प्रक्रिया अगाडि बढाउन भने न्यून बजेट विनियोजन र प्रशासनिक ढिलाइले स्वास्थ्य चौकीमा आधारभूत औषधीसमेत पाउन सक्ने अवस्था छैन ।
सङ्घीयता कार्यान्वयनसँगै सातै प्रदेशले आफ्नो राजधानी तोके पनि स्थायी संरचना निर्माणमा लुम्बिनी प्रदेश सबैभन्दा अगाडि देखिएको छ । अन्य प्रदेश अझै भवन र जग्गा व्यवस्थापनमै अल्झिँदा लुम्बिनीले दाङको देउखुरीस्थित भालुवाङमा विशाल प्रशासनिक केन्द्र निर्माण गरेर मुलुकको ध्यान खिचेको छ ।
प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ मा एभरेष्ट फुटबल एकेडेमी लालबन्दीले विजयी सुरुवात गरेको छ ।