तामाङ पत्रकार सङ्घको २२ औँ स्थापना दिवसका अवसरमा तीन सञ्चारकर्मी र नाट्यकर्मीलाई पुरस्कृत गरिएको छ । तामाङ पत्रकार सङ्घ, काठमाडौँद्वारा आइतबार आयोजित कार्यक्रममा ऊर्जा तथा सिँचाइमन्त्री कुलमान घिसिङले सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।
सार्वजनिक संस्थानमा गरिएको करिब ४७ अर्ब रुपियाँ सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिएको छैन ।
नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कविगोष्ठीमा कथाकार लक्ष्मण अधिकारीको ‘मर्फिन’ कथासङ्ग्रहमाथि चर्चा गरिएको छ । समालोचक डा. लेखराज खतिवडाले कथा ‘मर्फिन’ ले नेपाली चिकित्सा क्षेत्रको समग्र पक्षलाई उधिन्न सफल भएको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाभित्र बाँकी रहेको विद्युतीय तार भूमिगत गर्ने काम तत्काल अगाडि बढाइने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा आइतबार मन्त्रालयमा बसेको सरोकारवालाको छलफलपछि रोकिएका कार्य तत्काल अगाडि बढाउने सहमति भएको मन्त्रालयले जनाएको छ ।
सरकारले निर्यातमा व्यवसायीलाई दिँदै आएको नगद अनुदानबापतको बाँकी रकम उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निर्यातमा दिइँदै आएको नगद अनुदानबापतको रकम कटौती गरे पनि पुरानो रकम भने उपलब्ध गराइने भएको हो ।
नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारी र बैङ्कमा खाता रहेका ग्राहकलाई ललितपुरको ज्वागलमा अवस्थित क्युरा हेल्थ प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६८ पैसा र बिक्रीदर १४४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको मुख्य मुद्दा आर्थिक समृद्धि रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिलाई दिगो बनाउने गरी काम गरिरहेको बताउनुभयो ।
सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।
रसुवागढी जलविद्युत् आयोजना आंशिक रूपमा सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको सो आयोजनामा गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधलगायतका संरचनामा ठुलो क्षति पु¥याएको थियो ।
कृत्रिम बौद्धिकता (एआई) लाई शिक्षा, स्वास्थ्य सेवा र कृषिलगायत बहुपक्षीय सुमन्नतिमा लगाउन नेपालले ढिला गर्न नहुने विज्ञले सुझाव दिएका छन् । एआईको नियमन निम्ति विश्वव्यापी रूपमा अनेक बहस चलिरहेकाले यसको नेपालमा बहुपक्षीय प्रयोगका निम्ति राष्ट्रिय स्वार्थ, सुरक्षा, सही सूचनासमेतमा ध्यान दिनुपर्नेसमेत सुझाइएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ११४ दलले भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ११७ दलबाट १२० वटा निवेदन परेकामा निर्वाचन आयोगले १३ वटा निवेदन खारेज गर्दै १०७ वटा निर्वाचन चिह्न प्रयोग हुने गरी दलको निवेदन स्वीकृत गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन सफल बनाउनु सबैको दायित्व भएको बताउनुभएको छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दल, मतदाता, नागरिक समाजलगायत सबै सरोकारवालाले फागुन २१ गते घोषणा गरिएको निर्वाचन सफल बनाउनु प्रमुख दायित्व भएको उहाँले स्पष्ट पार्नुभयो ।
कुनै ट्युसन सेन्टर धाएनौँ । धैरेले घरको मात्र तयारीले त शाखा अधिकृत पास गर्ने कुरा त्यतिकै हो भनेर खिस्याए पनि । हामीले अरूका कुरा सुन्यौँ तर आफ्नो अठोटबाट कहिल्यै पछि हटेनौँ र आफ्नो लगातारको मेहनतलाई जारी राख्यौँ यही दृढ अठोटले अहिले हामी यो सफलता चुम्न सफल भयौँ । हालै लोक सेवा आयोगको एउटै विज्ञापनबाट शाखा अधिकृतमा सिफारिस हुनुभएका एकै परिवारका तीन जनामध्येका अग्रज एकराज कुलुङको भनाइ हो यो ।
विघटित प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेसका केही सांसदहरु प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दाका लागि पेस गरेका छन् ।