• २२ मङ्सिर २०८२, सोमबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, मङ्सिर २२ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६८ पैसा र बिक्रीदर १४४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ २८ पैसा र बिक्रीदर १६७ रुपियाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९१ रुपियाँ ५३ पैसा र बिक्रीदर १९२ रुपियाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपियाँ ५७ पैसा र बिक्रीदर १७९ रुपियाँ ३२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ ४० पैसा र बिक्रीदर ९५ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ र बिक्रीदर १०४ रुपियाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ८६ पैसा र बिक्रीदर १११ रुपियाँ ३३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ३२ पैसा र बिक्रीदर २० रुपियाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४३ पैसा र बिक्रीदर ३९ रुपियाँ ५९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५१ पैसा र बिक्रीदर चार रुपियाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ १२ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ९५ पैसा र बिक्रीदर ३५ रुपियाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७५ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ २८ पैसा र बिक्रीदर १५ रुपियाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४० पैसा र बिक्रीदर २२ रुपियाँ ४९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४६ पैसा र बिक्रीदर १८ रुपियाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपियाँ ०६ पैसा र बिक्रीदर ४७० रुपियाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ११ पैसा र बिक्रीदर ३८२ रुपियाँ ७० पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ १८ पैसा र बिक्रीदर ३७४ रुपियाँ ७४  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस