युरोपेली सङ्घ (ईयू)ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यस अन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’खोल्ने योजना पनि समावेश छ ।
नेपालका प्रमुख पदयात्रा गन्तव्यहरूमध्ये अग्रणी मानिने अन्नपूर्ण संरक्षण क्षेत्र (एसीएपी) ले यस वर्ष अभूतपूर्व पर्यटक वृद्धि दर्ज गरेको छ ।
बागलुङमा लागु औषधसहित एक युवक पक्राउ परेका छन् । बागलुङ नगरपालिका–१, मालढुङ्गास्थित पोखरा–बागलुङ सडक खण्डमा नियमित सुरक्षा चेकजाँचको क्रममा लागुऔषधसहित पोखरा महानगरपालिका –३३ का २२ को सुनिल पुन मगरलाई गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिनुभयो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेटान्याहुले यस महिनाको अन्त्यतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी गाजाका लागि अमेरिकी मध्यस्थतामा अगाडि बढिरहेको युद्धविरामको दोस्रो चरणबारे छलफल गर्ने घोषणा गर्नु भएको छ ।
सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी (रिक्सा) चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
१५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधी सेवन गर्दै आउनुभएको बागलुङ नगरपालिका निवासी एक महिलाले समाजले संक्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताउनुहुन्छ ।
काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त (पहिलो) चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् ।
चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३/६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल बक्यौता नतिर्ने ग्राहकविरुद्ध सञ्चालन गरेको अभियानबाट तीन दिनमै २१ लाख रुपियाँभन्दा बढी बक्यौता रकम असुल भएको छ ।
आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।
म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।
कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै अब औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ ।
सुनसरीको रामधुनी नगरपालिकामा भएको हत्या घटनाका आरोपितलाई प्रहरीले करिब दुई महिनापछि सात जनालाई पक्राउ गरेको छ ।
सुस्त मनस्थितिकी किशोरीमाथि जबरजस्ती करणीबाट गर्भ रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढकारी गाउँपालिकाका १९ वर्षीय पुष्प साउँद रहेका छन् ।
सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले चुनावपछि युवाहरूको नेतृत्वमा बन्ने सरकारबाट मात्रै परिर्वतन समभव हुने बताउनुभएको छ ।