• २२ मङ्सिर २०८२, सोमबार

सुस्त मनस्थिति भएकी किशोरी २९ हप्ताकी गर्भवती : एक किशोर पक्राउ

blog

शिवराज ढुङ्गाना
अछाम, मङ्सिर २२ गते ।
सुस्त मनस्थितिकी किशोरीमाथि जबरजस्ती करणीबाट गर्भ रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढकारी गाउँपालिकाका १९ वर्षीय पुष्प साउँद छन् ।

पीडित पक्षले आरोपित किशोरविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै किशोरलाई उनको घरबाटै नियन्त्रणमा लिएको अछाम प्रहरी प्रहरी प्रमुख ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

ढकारी प्रहरी चौकीबाट खटिएका प्रहरीले साउँदलाई नियन्त्रणमा लिएर अछाम प्रहरी कार्यालयमा ल्याएर आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान थालिएको अछाम प्रहरीको भनाइ छ ।

प्रहरी प्रमुख खनालका अनुसार किशोरीलाई पेट दुख्ने समस्या भएपछि आफन्तले जिल्ला अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षणपछि पेटमा २९ हप्ताको गर्भ रहेको तथ्य बाहिरिएको हो । आफन्तले सोधपुछका क्रममा पीडित किशोरीलाई गत जेठ १४ गते आरोपित किशोरले फकाएर लिई गाउँकै खर्कभित्र जबरजस्ती करणी गरेको बताइएको छ ।