समकालीन विश्व परिवेशमा संसारभरका बृहत्तर सङ्कट जलवायु परिवर्तन, जैविक विविधताको विनाश एवं क्षयीकरण तथा वातावरणीय प्रदूषण हुन् । संसारभरिकै नेतृत्व, नीतिनिर्माता, निर्णयकर्ता, नवीनता विका
नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ । रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु गरिएको हो ।
एक सय चारबर्से जहानियाँ राणाशासन समाप्त पार्ने पुनित मनोकाङ्क्षाका साथ गठन भएको थियो प्रजा परिषद् । परिषद् ऐतिहासिक दृष्टिकोणले सुसङ्गठित प्रथम राजनीतिक दल थियो । यो नेपाली भूमिभित्र
प्रकृतिबिना मानिसको जीवन सम्भव छैन । प्रकृति यो संसारमा मानिसहरू खुसीले बाँचेको हेर्न चाहन्छ, त्यसैले त प्रकृति सधैँ उदार छ । उसले कसैलाई भेदभाव गर्दैन, कुनै विशेष समूह वा वर्गलाई मात्र अनुग्रह गर्दैन ।
सप्तरीको विष्णुपुर गाउँपालिका ६ रंजितपुरमा बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग साझेदारी कार्यक्रमअन्तर्गत सडक नाटक, र्याली तथा हस्ताक्षर सङ्कलन कार्यक्रम शुक्रबार गरिएको छ ।
नेपाली समाजमा डाक्टर भन्नेबित्तिकै कि त एमबिबिएसको सामान्य चिकित्सक, कि त मुटु, पेट, स्नायु वा मिर्गाैला जस्ता निश्चित अङ्गको उपचार गर्ने ‘विशेषज्ञ’ भन्ने बुझाइ स्थापित छ । नेपालको विषम भौगोलिक
मुक्तिनाथ विकास बैंकले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत टेलिभिजन उपलब्ध गराएको हो ।
मेलम्चीदेखि सदरमुकाम चौतारासम्मको चौतारा–नवलपुर–मेलम्ची सडक स्तरोन्नतिका नाममा भइरहेको बेस बिच्छ्याउने काममा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको पाइएको छ ।
काठेखोला गाउँपालिका–६मा शुक्रबार सम्पन्न पालिका स्तरीय कराते प्रतियोगितामा सबैभन्दा बढी पदक लालिगुराँस माध्यामिक विद्यालयले जितेको छ ।
स्याङ्जाको अर्जुनचौपारी र दार्चुलाको अपिहिमाल गाउँपालिका बिच “भगिनी सम्बन्ध” सम्झौता गरिएको छ । पर्यटनदेखि शिक्षा, स्वास्थ्य, कृषि, वातावरणीय संरक्षण र सुशासनसम्मका क्षेत्रलाई समेट्दै पाँच वर्षे सहकार्यको रोडम्याप दुबै पालिकाले अघि सारेका हुन् ।
आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दासमेत चालुु आर्थिक वर्ष २०८२÷८३ का लागि १५ वटा स्थानीय तहले बजेट पारित गर्न सकेका छैनन् । सभाबाट बजेट पारित नगर्ने स्थानीय तहमध्ये सबै मधेश प्रदेशका छन् ।
ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन गाउँपालिका र फुङलिङ नगरपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ । शनिबार हुने फाइनल खेलमा मेरिङदेन र फुङलिङ आमने सामने हुने भएको हो ।
बेलौरीमा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट भएको छ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६८ पैसा र बिक्रीदर १४४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ ।